काठमाडौं। छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र जिल्लामा पनि सङ्क्रमण बढ्न सक्ने देखिएपछि सिन्धुपाल्चोकमा जारी गरिएको लकडाउनलाई निरन्तरता दिइने भएको छ। त्यहाँ भदौ १ गतेदेखि लकडाउन छ।
आज बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकले भदौ १४ गते सम्मका लागि जिल्लामा लकडाउन लम्ब्याउने निर्णय गरेको हो। पहिलोपटक एक साताका लागि गरिएको लकडाउनको समयसीमा आजसम्म थियो। तर कोरोना सङ्क्रमण जोखिम अझै रहेको भन्दै जिल्लामा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ। जिल्लाका केही स्थानीय तहमा समेत कोभिड-१९ का सङ्क्रमित देखिएकाले थप फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्लाभर लकडाउन थप गर्ने निर्णय भएको ढकालले जानकारी दिए।
यो निर्णयसँगै कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्।
होटल तथा रेष्टुराँ, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, शैलुन, खेलकूद गतिविधि सञ्चालन गर्न पाइने छैन। त्यस्तै बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ। हालसम्म जिल्लामा ८६ जनामा सङ्क्रमण देखिएकामा ७४ जना निकोभई घर फर्केका छन्, तीन जनाको मृत्यु भएको र ९ जना उपचारत छन् ।
रासस
" /> काठमाडौं। छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र जिल्लामा पनि सङ्क्रमण बढ्न सक्ने देखिएपछि सिन्धुपाल्चोकमा जारी गरिएको लकडाउनलाई निरन्तरता दिइने भएको छ। त्यहाँ भदौ १ गतेदेखि लकडाउन छ।आज बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकले भदौ १४ गते सम्मका लागि जिल्लामा लकडाउन लम्ब्याउने निर्णय गरेको हो। पहिलोपटक एक साताका लागि गरिएको लकडाउनको समयसीमा आजसम्म थियो। तर कोरोना सङ्क्रमण जोखिम अझै रहेको भन्दै जिल्लामा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

">