सुनसरी। सुनसरीमा पुनः एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ। डीसीसीएमसीको आज सम्पन्न भएको बैठकले जिल्लामा एकसाताका लागि निषेधाज्ञाको समय थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए।
सुनसरीमा यही भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ।
योभन्दा अगाडिको बैठकले आज राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो।
कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलिएर सङ्क्रमितको संख्या दैनिकरूपमा बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न तथा फैलिन नदिन भदौ १४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको सहायक प्रजिअ पोखरेलले बताए।
अतिआवश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गरिएको छ। रासस
" /> सुनसरी। सुनसरीमा पुनः एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ। डीसीसीएमसीको आज सम्पन्न भएको बैठकले जिल्लामा एकसाताका लागि निषेधाज्ञाको समय थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए।सुनसरीमा यही भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ।

">