पर्वत। बिहादी गाउँपालिका-२, बर्राचौरमा १५ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको छ।
अहिलेसम्म सदरमुकाम कुश्माबजारमा मात्र यस किसिमको अस्पताल थियो।
बिहादी-२ का वडाध्यक्ष ओमप्रकाश कुँवरले १९ करोड रूपैयाँ लगानीमा अस्पताल निर्माणको प्रक्रिया सुरुआत भएको जानकारी दिए।
यसका लागि बोलपत्र आह्वान गर्ने प्रक्रियामा छ।
सुविधासम्पन्न अस्पताल नहुँदा दक्षिण पर्वतवासी सामान्य उपचारका लागि पनि पाल्पा, पोखरा तथा बुटवल लगायतका ठाउँमा जान बाध्य थिए। उनले अस्पतालमा सबै सेवा रहने जानकारी दिए।
उक्त क्षेत्र अहिले पनि स्वास्थ्यचौकीको भरमा छ।
अस्पताल बनाउनका लागि स्थानीय आठजनाले निःशुल्क जग्गा दान गरेका छन्।
उनीहरूमा डोलेन्द्र गिरी, भूपेन्द्रनाथ पौड्याल, इन्द्रकला पौड्याल, सुशीला गिरी, होमनाथ गिरी, राम गिरी, कृष्ण गिरी र खगेश्वर भट्टराईले छन्। रासस
" /> पर्वत। बिहादी गाउँपालिका-२, बर्राचौरमा १५ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको छ।अहिलेसम्म सदरमुकाम कुश्माबजारमा मात्र यस किसिमको अस्पताल थियो।

">