चितवन। बिहान ८ बजे तिर भरतपुर महानगरपालिका–११ को जागृति चोकमा वडाध्यक्ष बाबुराम अधिकारी निषेधाज्ञा पालना गर्न आग्रह गर्दै सवारी साधन रोक्दै थिए। सँगै रहेका प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै जरिवाना रसिद काटिरहेका थिए।
आफैंले भोट दिएर जिताएका वडाध्यक्षले जरिवाना गर्न लगाएकोमा केहीको चित्त दुखाइरहेका थिए। वरपर बसेर हेर्नेहरूले भने वडाध्यक्षको तारिफ गरिरहेका थिए। महानगर क्षेत्रमा आज नवौँ दिन निषेधाज्ञा जारी छ। अधिकारी भन्छन्,, “म बिहानैदेखि राति अबेरसम्म वडा सदस्य, प्रहरी, स्वास्थ्यकर्मी र वडा सचिवसहित निषेधाज्ञा पालनका लागि लागिरहेको छु।”
यो भरतपुर महानगरको सबै भन्दा ठूलो वडा हो। यहाँ ३५ हजार जनसङ्ख्या रहेको अधिकारी बताउँछन्। भरतपुरको मुख्य शहरी क्षेत्र सँगै रहेकाले यहाँ न्यून वर्गका सुकुम्वासीदेखि सम्पन्नसम्म बसोबास गर्दछन्। वडा सदस्यहरूसहित वडाको भोजाडमा रहेको प्रहरी चौकीमा रहेका प्रहरी सहायक निरीक्षक वसन्त पौडेल, जलदेवी स्वास्थ्य चौकीका प्रमुख चिरञ्जीवी कँडेल, वडा सचिव ओमप्रकाश न्यौपानेले अधिकारीलाई साथ दिइरहेका छन्।
वडामा हालसम्म १६ जनालाई कोरोना सङ्क्रमण भइसकेको कँडेलले बताए। तीमध्ये एक जनाको मृत्यु भएको छ भने नौ सक्रिय सङ्क्रमित छन्। जिल्लाका सात स्थानीय तहमा ९८ वडा छन्। ती अधिकांश स्थानमा वडाध्यक्ष यसरी नै रोग नियन्त्रणका लागि जुटिरहेका छन्। भरतपुर–३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित घरमा बस्दा दिनभर फोनमै काम गरिरहनु पर्ने र निषेधाज्ञा लागू गराउन सडकमा जानुपर्दा छुच्चो हुनुपरेको बताउँछन्। उनले भने, “निषेधाज्ञा सरकारका लागि नभएर हाम्रा लागि हो। हामी सबै सचेत हुनुपर्छ।”
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ जनप्रतिनिधिहरूले निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरीलाई साथ दिएको बताउँछन्। बिहान सबेरैदेखि राति अबेरसम्म कार्यक्षेत्रमा खटिएका गुरुङले रोगको जोखिमको बारेमा आम जनताले बुझिरहेको बताए। रासस
" /> चितवन। बिहान ८ बजे तिर भरतपुर महानगरपालिका–११ को जागृति चोकमा वडाध्यक्ष बाबुराम अधिकारी निषेधाज्ञा पालना गर्न आग्रह गर्दै सवारी साधन रोक्दै थिए। सँगै रहेका प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै जरिवाना रसिद काटिरहेका थिए।आफैंले भोट दिएर जिताएका वडाध्यक्षले जरिवाना गर्न लगाएकोमा केहीको चित्त दुखाइरहेका थिए। वरपर बसेर हेर्नेहरूले भने वडाध्यक्षको तारिफ गरिरहेका थिए। महानगर क्षेत्रमा आज नवौँ दिन निषेधाज्ञा जारी छ। अधिकारी भन्छन्,, “म बिहानैदेखि राति अबेरसम्म वडा सदस्य, प्रहरी, स्वास्थ्यकर्मी र वडा सचिवसहित निषेधाज्ञा पालनका लागि लागिरहेको छु।”

">