दमक। दमकमा लकडाउन फेरि एक साताका लागि थपिएको छ। नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षतामा हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमित बढेको भन्दै लकडाउनलाई १३ भदौ राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो।
बैठकमा जनप्रतिनिधिहरुसहित राजनीतिक दल, सुरक्षा अधिकारी तथा स्थानीय सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो। यसअघि दमकमा कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म लकडाउन गर्ने निर्णय गरिएको थियो।
त्यसको समयसीमा हिजो सकिएको थियो तर हिजोनै थप १६ जना संक्रमित थपिएपछि लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रवक्तासमेत रहेकी नगर उपप्रमुख गीता अधिकारीले बताइन्। रासस
" /> दमक। दमकमा लकडाउन फेरि एक साताका लागि थपिएको छ। नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षतामा हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमित बढेको भन्दै लकडाउनलाई १३ भदौ राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो।बैठकमा जनप्रतिनिधिहरुसहित राजनीतिक दल, सुरक्षा अधिकारी तथा स्थानीय सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो। यसअघि दमकमा कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म लकडाउन गर्ने निर्णय गरिएको थियो।
त्यसको समयसीमा हिजो सकिएको थियो तर हिजोनै थप १६ जना संक्रमित थपिएपछि लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रवक्तासमेत रहेकी नगर उपप्रमुख गीता अधिकारीले बताइन्। रासस
">