बनेपा। काभ्रेपलाञ्चोकको धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा आएको छ।
कोरोनाको सङ्क्रमणदर बढ्दै गएको अवस्थामा परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालाको अवस्थाबारेमा बागमती प्रदेश सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी लिएका छन्।
सो क्रममा मन्त्री दुलालले काभ्रेपलाञ्चोकलगायत आसपासका जिल्लामा सेवा कार्यालय स्थापना गर्ने सरकारको नीतिअनुसार प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको बताए। प्रयोगशालाबाट विभिन्न रोगको परीक्षण र पहिचान गर्न सकिने गरी काम अगाडि बढाइएको उनले जानकारी दिए।
प्रादेशिक जनस्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य निर्देशक नारायण कार्कीले हिजैदेखि मेसिनबाट परीक्षण शुरू गरिएको बताए।
काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरलाई समेट्ने गरी स्थापना भएको प्रयोगशालामा दैनिकरूपमा ५०० भन्दा बढीको परीक्षण गर्न सकिने निमित्त निर्देशक कार्कीले जानकारी दिए।
जनस्वास्थ्य प्रयोगशालाका लागि हाललाई नगरपालिकाले भवनको व्यवस्थापन गरेको र बाँकी पूर्वाधार नगरपालिका र प्रदेश सरकारको साझेदारीमा भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए। रासस
" /> बनेपा। काभ्रेपलाञ्चोकको धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा आएको छ।कोरोनाको सङ्क्रमणदर बढ्दै गएको अवस्थामा परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालाको अवस्थाबारेमा बागमती प्रदेश सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी लिएका छन्।

">