काठमाडौं। पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। थपिएकामध्ये ३७ महिला र ६५ पुरुष छन्। योसँगै प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५८९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यो प्रदेशअन्तर्गत मोरङका ४९, सुनसरीका ३०, झापाका १६, भोजपुरका तीन, इलामका एक र यस प्रदेश बाहिरका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा विराटनगरमा ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये १३ महिला र २० पुरुष छन् ।
प्रदेश १ मा आजसम्म एक हजार २४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ७६ हजार ३५३ जनाको पीसीआर परीक्षण भइसकेको छ।
" /> काठमाडौं। पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। थपिएकामध्ये ३७ महिला र ६५ पुरुष छन्। योसँगै प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५८९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यो प्रदेशअन्तर्गत मोरङका ४९, सुनसरीका ३०, झापाका १६, भोजपुरका तीन, इलामका एक र यस प्रदेश बाहिरका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

">