चितवन। दैनिकरूपमा कोरोना संक्रमित थपिँदै गएपछि जिल्लास्तरीय कोभिड-१९ प्राविधिक समिति गठन गरिएको छ।
जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले प्राविधिक समिति गठन गरेको हो।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको संयोजकत्वमा गठित समितिको सदस्यसचिवमा स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी रहेका छन्।
समितिका सदस्यमा चिकित्सक संघ चितवनका अध्यक्ष डा. लोकबहादुर सेढाईँ, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम, निजी अस्पताल समन्वय समितिका अध्यक्ष नारायणसिंह कुँवर, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री हरि पौडेल रहेका छन्।
त्यसैगरी भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दीपक सुवेदी, नर्सिङ सङ्घका अध्यक्ष माया पाण्डे, चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्साल र पुरानो मेडिकल कलेजका डा. प्रिया पाठक सदस्य रहेका छन्।
सदस्यसचिव तिवारीका अनुसार समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार कोरोनाका बिरामीको उपचारमा आवश्यक प्राविधिक सहयोग गर्नेछ।
लक्षण देखिएका बिरामीलाई अस्पतालमा र अन्यलाई स्थानीय तहको आइसोलेसनमा राख्न आवश्यक प्राविधिक सहयोग समितिले गर्नेछ।
मन्त्रालयको निर्देशनअनुसार निजी अस्पतालमा क्षमताको २० प्रतिशत कोभिडका बिरामीको उपचारका लागि आवश्यक समन्वय समितिले गर्ने तिवारीले जानकारी दिए।
जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले गरेको निर्देशनअनुसार आवश्यक प्राविधिक काम समितिले गर्ने जनाइएको छ।
" /> चितवन। दैनिकरूपमा कोरोना संक्रमित थपिँदै गएपछि जिल्लास्तरीय कोभिड-१९ प्राविधिक समिति गठन गरिएको छ।जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले प्राविधिक समिति गठन गरेको हो।

">