काेभिड-१९ बाट थप ९ जनाकाे मृत्यु, कूल मृत्यु संख्या १४६ पुग्याे

काठमाडौं। कोभिड-१९ बाट थप ९ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक ६ वर्षीया बालिका र ८ जना पुरूष छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरूष, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरूषकाे मृत्यु भएकाे हाे।

त्यस्तै बारामा ५८ वर्षीय, सिरहामा ६८ वर्षीय, मकवानपुरमा ५६ वर्षीय र भक्तपुरमा ७३ वर्षीय पुरूषकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ।

यो सँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ।

याे भनेकाे ०.५% हाे।

प्रतिक्रिया दिनुहोस्