६३४ काेराेना संक्रमित थपिए, कूल संक्रमित संख्या ३१ हजार नाघ्याे

काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ‍‍‍६३४ नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ५१९ जनाको पीसीआर परीक्षणमा १८२ महिला र ४५२ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

याे सँगै नेपालमा संक्रमित हुनेकाे संख्या ३१ हजार ११७ पुगेकाे छ।

यस्तै संक्रमणमुक्त हुनेकाे दर ५९ प्रतिशत छ।

पछिल्लाे २४ घण्टा १३६ जना संक्रमणमुक्त भएका छन्।

यससँगै संक्रमणमुक्त हुनेकाे संख्या १८ हजार ३५० पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस्