रुपन्देही। गत सोमबार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीको आज शल्यक्रिया गरिएको छ।
आज स्त्री रोग विशेषज्ञसहितको टोलीले बिहान सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ।
सङ्क्रमित महिलालाई गएराति एक्कासि पेट दुखेपछि नेपालगञ्जस्थित आइसोलेसनबाट अस्पताल लगिएको थियो।
बुटवल उपमहानगरपालिका-११, नहरपुरकी २८ वर्षीया गर्भवतीमा कोरोना सङ्क्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएपछि कोहलपुर लगिएको थियो ।
मेडिकल कलेजका चिकित्सकले उनको तत्काल शल्यक्रिया गर्न आवश्यक नरहेको भनी आइसोलेसनमा राखेर निगरानी गरिरहेका थिए।
बिहान करिब ९ः३० बजे शल्यक्रियाबाट छोरीलाई जन्म दिइएकाे हाे।
शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्यावस्था ठिक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए।
“अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक छ। भोलि कोरोना परीक्षण गर्छौं, त्यसपछि मात्रै बच्चामा कोरोना भइरस सङ्क्रमण भए नभएको थाहा हुन्छ”, उनले भने।
उनका अनुसार योसँगै मेडिकल कलेजमा सङ्क्रमित गर्भवतीको चौथो पटक शल्यक्रिया गरिएको हो।
गत आइतबार एक्कासि पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुगेकी उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि चिकित्सकले उपचारका लागि काठमाडौं वा नेपालगञ्ज जान सुझाएका थिए।
पहिलो सन्तान जन्माउन नसकेर शल्यक्रिया गरिएका कारण दोस्रो सन्तानका लागि पनि शल्यक्रिया नै गर्नुपर्ने भन्दै प्रदेशिक अस्पतालले छिटो विधिबाट पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो।
गर्भवतीका श्रीमान पनि कोरोना पोजिटिभ भएका कारण आइसोलेसनमै छन्।
सङ्क्रमित गर्भवतीलाई कोहलपुरसम्म लैजान एम्बुलेन्सले समेत नमानेपछि आफन्तले निजी साधनमा नेपालगञ्ज पुर्याएका थिए। नियमित जाँच गर्दै आएका डाक्टर प्रायश्चित श्रेष्ठले समेत श्रीमानलाई कोरोना लागेको थाहा पाएपछि अब यहाँ नआउनु भन्ने जवाफ दिएपछि गर्भवती तथा उनका आफन्त तनावमा परेका थिए।
कोरोना फैलिएको करिब ५ महिनासम्म पनि पोजिटिभ बिरामीको शल्यक्रियाका लागि यस क्षेत्रमा व्यवस्थापन भएको छैन। लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले कोरोना भाइरस सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको निर्माणको तयारी गरेकाे जनाएको छ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोभिड-१९ सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि भीम अस्पताल भैरहवामा व्यवस्था मिलाइएको जनाए पनि अहिलेसम्म शल्यक्रिया नभएको अस्पतालले स्पष्ट पारेको छ।
नेपालको संविधानको धारा ३८ को (२) मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ भनी व्यवस्था गरिएको छ।
उपधारा ३ मा महिलालाई शिक्षा, स्वाथ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ भनी उल्लेख गरिएको छ।
साथै महामारीको बेला यौन तथा प्रजनन स्वास्थ्य अतिआवश्यक सेवाको रूपमा रहेकोले योसँग सम्बन्धित सम्पूर्ण सेवामा केही पनि अवरोध नआउने नेपाल सरकारले प्रतिबद्धता व्यवहारमा कार्यान्वयन भएको छैन। रासस
" /> रुपन्देही। गत सोमबार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीको आज शल्यक्रिया गरिएको छ।आज स्त्री रोग विशेषज्ञसहितको टोलीले बिहान सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ।

">