काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने बताएको छ। डब्लयूएचओका प्रमुख टेड्रस एदानम गेब्रियससले आगामी दुई वर्षभित्र कोरोना नियन्त्रणमा आउने बताएका हुन्।
उनले सन् १९१८ मा विश्वमा फैलिएको स्पेनिस फ्लूभन्दा कोरोनाभाइरस तीब्र गतिमा फैलिएको पनि बताए। स्पेनिस फ्लूले विश्वमा दुई वर्षसम्म महामारीको रूपमा लिएको थियो। महामारीसँग लड्न अहिलेजस्तो सुविधा त्यतिबेला नभएको पनि डब्ल्यूएजओले बताएको छ। अहिलेको उपचार पद्धतिले कोरोनासँग लड्न सहज भएको उनको भनाई छ।
डब्ल्यूएचओका प्रकोप नियन्त्रण प्रमुख डा. माइकेल रेयानले स्पेनिस फ्लू तीन चरणमा फैलिएको र त्यसमध्ये दोस्रो चरण सबैभन्दा खतरनाक रहेको स्मरण गरे। उनले कोरोना भाइरस स्पेनिस फ्लूजस्तो खतरनाक भने नरहेको बताए।
स्पेनिस फ्लूका कारण सन् १९१८ देखि १९२० सम्ममा विश्वमा कम्तीमा पाँच करोड मानिसको मृत्यु भएको थियो। कोरोना भाइरसबाट विश्वमा अहिलेसम्म ८ लाख दुई हजार ३२३ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। हिन्दुस्तानटाइम्सबाट
" /> काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने बताएको छ। डब्लयूएचओका प्रमुख टेड्रस एदानम गेब्रियससले आगामी दुई वर्षभित्र कोरोना नियन्त्रणमा आउने बताएका हुन्।उनले सन् १९१८ मा विश्वमा फैलिएको स्पेनिस फ्लूभन्दा कोरोनाभाइरस तीब्र गतिमा फैलिएको पनि बताए। स्पेनिस फ्लूले विश्वमा दुई वर्षसम्म महामारीको रूपमा लिएको थियो। महामारीसँग लड्न अहिलेजस्तो सुविधा त्यतिबेला नभएको पनि डब्ल्यूएजओले बताएको छ। अहिलेको उपचार पद्धतिले कोरोनासँग लड्न सहज भएको उनको भनाई छ।

">