काठमाडौं। छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या २९ लाख नाघेको छ। वल्डोमिटर्सका अनुसार हिजो भारतमा ६९ हजार ३९ जना नयाँ संक्रमित थपिएका छन्। र, यससँगै भारतमा संक्रमितको संख्या २९ लाख ७३ हजार ३६८ पुगेको छ।
भातरमा संक्रमितमध्ये ७० प्रतिशतभन्दा धेरै निको भइसकेका छन्। अहिलेसम्म भारतमा २२ लाख २० हजार ७९९ जना संक्रमणमुक्त भएका छन् भने ५५ हजार ९२८ जनाको मृत्यु भएको छ।
६ लाख ९६ हजार ६४१ जना सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ। भारतमा अहिलेसम्म तीन करोड ३४ लाख ६७ हजार २३७ जनाको परीक्षण गरिएको छ।
दैनिक संक्रमणदर भारतमा, अमेरिका र ब्राजिलभन्दा धेरै छ। विश्वको शीर्ष तीन सूचीमा अमेरिका, ब्राजिल र भारत छन्।
" /> काठमाडौं। छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या २९ लाख नाघेको छ। वल्डोमिटर्सका अनुसार हिजो भारतमा ६९ हजार ३९ जना नयाँ संक्रमित थपिएका छन्। र, यससँगै भारतमा संक्रमितको संख्या २९ लाख ७३ हजार ३६८ पुगेको छ।भातरमा संक्रमितमध्ये ७० प्रतिशतभन्दा धेरै निको भइसकेका छन्। अहिलेसम्म भारतमा २२ लाख २० हजार ७९९ जना संक्रमणमुक्त भएका छन् भने ५५ हजार ९२८ जनाको मृत्यु भएको छ।

">