काठमाडौं। जिल्ला प्रशासन कार्यालय चितवनले थप एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। यस अघि माडी नगरपालिका बाहेक ६ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएकोमा आज राति १२ बजेबाट माडीसहित पूरै जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो।
जिल्लामा कोरोना सङ्क्रमण वढ्दै गएपछि साउन ३० गते मध्यरातदेखि भरतपुर महानगरपालिका र साउन ३२ गते देखि जिल्लाका अन्य पाँच स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको थियो। स्थानीय तहको सिफारीसमा गरिएको निषेधाज्ञा आज मध्यराति सकिँदै छ।
निषेधाज्ञाको समय सकिन लाग्दा एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । उनका अनुसार निषेधाज्ञा भदौ १२ गते मध्यरात सम्म रहने छ।
चितवनमा अहिले कोरोना सङ्क्रमित ३ सय ३ पुगेका छन्। जसमध्ये महानगरमा १६८, राप्ती नगरपालिका ६५, खैरहनी नगरपालिका १२, कालिका नगरपालिका ५, रत्ननगर नगरपालिका ११, माडी नगरपालिका ४१ र ईच्छाकामना गाउँपालिकामा १ जनामा कोरोना सङ्क्रमण देखिएको छ। त्यहाँ हालसम्म तीन जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। जिल्ला प्रशासन कार्यालय चितवनले थप एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। यस अघि माडी नगरपालिका बाहेक ६ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएकोमा आज राति १२ बजेबाट माडीसहित पूरै जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो।जिल्लामा कोरोना सङ्क्रमण वढ्दै गएपछि साउन ३० गते मध्यरातदेखि भरतपुर महानगरपालिका र साउन ३२ गते देखि जिल्लाका अन्य पाँच स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको थियो। स्थानीय तहको सिफारीसमा गरिएको निषेधाज्ञा आज मध्यराति सकिँदै छ।

">