काठमाडौं। एकजना कोरोना संक्रमित पत्ता लगाउनको लागि एक लाख चार हजार ३६० रूपैयाँ खर्च हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।
राष्ट्रिय कोभिड-१९ अपडेटमार्फत् गौतमले पाँच लाख ७९ हजार ८८९ वटा पीसीआर परीक्षण भएको र त्यसबाट ३० हजार ४८३ जना संक्रमित फेला परेको बताए। अहिलेसम्मको पीसीआर परीक्षणमा सरकारको कुल तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० रूपैयाँ खर्च भएको उनले बताए।
उक्त खर्चमा गरिएको परीक्षणबाट अहिलेसम्म ३० हजार ४८३ जना कोरोना संक्रमित पत्ता लागेको छ। त्यसो हुँदा एकजना कोरोना संक्रमित पत्ता लगाउनको लागि औसतमा एक लाख चार हजार ३६० रूपैयाँ खर्च हुने गरेको उनले बताए।
मन्त्रालयले कुल पीसीआर परीक्षणको संख्या सार्वजनिक गरेको भए पनि अहिलेसम्म कतिजना मानिसको पीसीआर परीक्षण भयो भन्ने तथ्यांक भने सार्वजनिक गरेको छैन।
“कतिपय मानिसले दुई वा तीन पटक पनि पीसीआर परीक्षण भएको छ। त्यो सबै जोड्दा अहिलेसम्मको पीसीआर परीक्षण पाँच लाख ७९ हजार ८८९ पुगेको हो”, गौतमले भने, “अहिलेसम्म कति जनाको कोभिड–१९ परीक्षण भयो भन्ने व्यक्तिगत तथ्यांक मैले पाएको छैन।”
कोभिड-१९ परीक्षण गर्दा प्रयोगशालामा प्रतिव्यक्ति पाँच हजार ५०० रूपैयाँ खर्च हुने गरेको उनले बताए।
सरकारले नेपालको कुल जनसंख्यामध्ये दुई प्रतिशतको कोभिड-१९ परीक्षण गर्ने योजना सार्वजनिक गरेको थियो। तर, मन्त्रालयले नै अहिलेसम्म कतिजना व्यक्तिको कोरोना परीक्षण गरियो भन्ने तथ्यांक सार्वजनिक गरेको छैन।
नियमित अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले मास्क लगाउने र स्वास्थ्य सुरक्षाको उपाय अपनाउने गरेर सरकारी खर्च जोगाइदिन पनि नागरिकहरूलाई अनुरोध गरेका छन्।
" /> काठमाडौं। एकजना कोरोना संक्रमित पत्ता लगाउनको लागि एक लाख चार हजार ३६० रूपैयाँ खर्च हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।राष्ट्रिय कोभिड-१९ अपडेटमार्फत् गौतमले पाँच लाख ७९ हजार ८८९ वटा पीसीआर परीक्षण भएको र त्यसबाट ३० हजार ४८३ जना संक्रमित फेला परेको बताए। अहिलेसम्मको पीसीआर परीक्षणमा सरकारको कुल तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० रूपैयाँ खर्च भएको उनले बताए।

">