काठमाडौं। विगत ६ महिनामा मानिसका कतिपय आदत र व्यवहारमा परिवर्तन आएका छन्। हामीले मित्रगण भेट हुँदा हात मिलाउन छाडेका छौं, अँगालो मार्न पनि बिर्सेका छौं।
सम्भवतः अब हामी कहिल्यै यी आदतलाई जीवनमा प्रवेश गर्न दिने छैनौं। ती आदत खराब थिए, कम्तीमा कोरोनाले यो तथ्य हामीलाई यस पटक राम्ररी बुझाइदिएको छ।
यसका अतिरिक्त हामीले सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र सेल्फ आइसोलेसन वा क्वारेन्टिनमा बस्न पनि सिकिसकेका छौं। रोगविरुद्ध लड्न सक्ने पौष्टिक आहार खानुपर्ने कुरा पनि सिकेका छौं।
हामीले जथाभावी नथुक्न, खोक्दा र हाच्छ्युँ गर्दा हात वा रुमालले मुख छोप्न जानेका छौं। तर अर्को एउटा अति महत्वपूर्ण आदतलाई भने हामीले अलि कम ध्यान दिन थालेका छौं। त्यो भनेको हात धुनु हो।
कुनै अपरिचित वस्तु छुँदा वा कतै बाहिरतिर गएर घर फर्कंदा हात धुनु अब अनिवार्य आदत बनाउनु जरुरी छ। हात धुँदा कोरोना भाइरसमात्र होइन, अन्य कतिपय सरुवा रोगबाट समेत आफूलाई अरुलाई जोगाउन सकिन्छ।
हामीबाट कोरोना भाइरस अझै पर भागेको छैन। उसलाई बाँच्नका लागि मान्छेको शरीर वा अंग आवश्यक पर्छ। त्यो अदृश्य जीव विशेषगरी मानिसको हात हुँदै नाक, मुख र आँखाबाट शरीरभित्र प्रवेश गर्छ र फोक्सोलाई छियाछिया पार्छ।
कोरोनालाई हामीले बोकेर ल्याउँछौं, त्यो आफैं हिँडेर वा उडेर आउँदैन। र, त्यसलाई बोक्ने मुख्य मानवअंग भनेको हात नै हो। त्यसकारण पनि हात धुनु अनिवार्य छ भनिएको हो। हात धुँदा पानीसँग साबुन आवश्यक पर्छ।
साबुन महँगो र स्तरीय हुनुपर्छ भन्ने छैन। लुगा धुने सस्तो साबुन प्रयोग गरे पनि हुन्छ। तर साबुन पानीले कम्तीमा पनि २० सेकेन्ड हातका कुनाकाप्चा मिचिमिची धुनुपर्छ।
बोस्टन, म्यासाच्युसेट्सको नर्थ–इस्टर्न विश्व विद्यालयमा रसायन विज्ञान तथा रासायनिक जीव विज्ञानका प्राध्यापक टोमस गिलबर्टका अनुसार कोरोना भाइरस केवल एक सस्तो साबुन र तातो पानीले भगाउन सकिन्छ। उनी भन्छन्, ‘‘यो भाइरसको चारैतिर आनुवंशिक कणको झिल्ली हुन्छ जसलाई लिपिड मेम्बरेन भनिन्छ, यो चिल्लो र चिटिक्क परेको हुन्छ। यस्तो संरचनालाई साबुन–पानीले प्रभावहीन बनाउन सकिन्छ।’’
भाइरसको यस्तो बाहिरी खोललाई साबुन–पानीले हटाइदिएपछि तयसको आनुवंशिक सामग्री टुट्न पुग्छ। यसबाट भाइरसको आरएनए पनि नष्ट हुन्छ, जसबाट मानव शरीरमा सेलका माध्यमबाट थुप्रै भाइरस जन्माउन सक्छ।
गिलबर्टका अनुसार साबुन–पानीले हातलाई तीव्र गतिमा रगड्नुपर्छ। त्यसलाई कुनाकुनामा पुर्याउनुपर्छ, जसले गर्दा लिपिड मेम्बरेन र साबुनको सम्पर्क हुन्छ र भाइरस मर्छ। तातो पानी प्रयोग गर्दा भाइरसँग छिटो लड्न मद्दत पुग्ने गिलबर्टको भनाइ छ।
बेलायतको केन्ट विश्व विद्यालयका मोलिक्युलर साइन्सका प्राध्यापक मार्टिन मिसलिसका अनुसार पानी मात्रैले हात धुँदा भाइरस प्रभावहीन बन्दैन। उनी भन्छन्, ‘‘तपाईं खाना पकाइरहनुभएको छ र जैतुनको तल तपाईंको हातमा लागेको छ भने पानीले हटाउन गाह्रो पर्छ। त्यसबखत साबुन प्रयोग गर्नु जरुरी हुन्छ। त्यसैगरी कोरोना भाइरस हटाउन पनि साबुन आवश्यक पर्छ।’’
विद्वान्, वैज्ञानिक, शोधकर्ता, अनुसन्धाता र चिकित्सकले लामो समयको अध्ययनपश्चात् साबुन–पानीले हात धुनुपर्ने निष्कर्ष निकालेका हुन्। तर हामी भने हेलचेक्राइँ गर्दै हात धुन अल्छी मानिदिन्छौं।
जब कोरोना भाइरसले महामारीको रुप लियो, अनियन्त्रित बन्दै गयो तब यसलाई कसरी कमभन्दा कम फैलन दिने भन्ने विषयमा चिन्ता बढ्न थाल्यो। साबुन–पानीले हात धुनु वा स्यानिटाइजरको प्रयोग गर्नु लाभदायी देखियो।
साबुन–पानी र स्यानिटाइजरमध्ये कुन बढी लाभदायी भन्ने प्रश्न पनि उठिरहेको छ। जवाफ सहज छ– स्यानिटाइजर स्तरीय र वैज्ञानिकको सल्लाहबमोजिम बनेको हुनुपर्छ। त्यसले मात्रै भाइरस मार्न सक्छ। तर साबुन जुनसुकै स्तरको प्रयोग गर्दा पनि हुन्छ। २० सेकेन्ड मिचिमिची हात धुँदा भाइरसको दोहोला काढ्न सकिन्छ।
अब तपाईं नै विकल्प छान्नुहोस्– साबुन–पानीले २० सेकेन्ड हात धुने कि स्यानिटाइजर प्रयोग गर्ने?
दैनिक हात कति पटक धुने? यो प्रश्न पनि हाम्रो समाजमा उठिरहेको सुनिन्छ। तपाईं जति पटक घरबाहिर गएर आउनु हुन्छ वा जति पटक अपरिचित सामग्रीको सम्पर्कमा पुग्नुहुन्छ, त्यति नै पटक हात धुनु अनिवार्य हुन्छ।
तर हेक्का राख्नोस्, हात साबुन–पानीले मिचिमिची कम्तीमा २० सेकेन्ड धुनुपर्छ। के तपाईं संसारलाई दुःख दिइरहेको कोरोना भाइरसलाई आफ्नो शरीरमा प्रवेश गर्न नदिन २० सेकेन्ड हात धुन सक्नु हुन्न?
" /> काठमाडौं। विगत ६ महिनामा मानिसका कतिपय आदत र व्यवहारमा परिवर्तन आएका छन्। हामीले मित्रगण भेट हुँदा हात मिलाउन छाडेका छौं, अँगालो मार्न पनि बिर्सेका छौं।सम्भवतः अब हामी कहिल्यै यी आदतलाई जीवनमा प्रवेश गर्न दिने छैनौं। ती आदत खराब थिए, कम्तीमा कोरोनाले यो तथ्य हामीलाई यस पटक राम्ररी बुझाइदिएको छ।

">