काठमाडौं। हङकङ सरकारले अर्को महिना आफ्ना सबै नागरिकको कोरोना भाइरस निःशुल्क परीक्षण गर्ने भएको छ।
चिनियाँ कम्पनीहरूको प्रायोजन रहने उक्त योजनामा हङकङका कति नागरिकले सहभागिता जनाउँछन् भन्ने विषयमा भने धेरै प्रश्नहरू रहेको बताइएको छ। चीनको राजनीतिक नेतृत्वसँग हङकङका जनता खुसी छैनन्।
कोरोना भाइरसको महामारी सुरु हुनु पूर्व चीनले ल्याएको सुपुर्दगी सम्बन्धी कानूनका कारण हङकङमा ठूलो आन्दोलन भएको थियो।
चीनविरुद्धको उक्त आन्दोलन कोरोना भाइरसको महामारीपछि सेलाएको थियो। तर, पछिल्ला दिनमा फेरि हङकङमा चीनविरोधी गतिविधिहरू सुरु हुन थालेका छन्।
चिनियाँ राजनीतिक नेतृत्वको आलोचना तथा स्वतन्त्रताको कुरा उठाएबापत् गत सातामात्र चीन सरकारले हङकङका एक सञ्चार उद्यमीलाई पक्राउ गरेको थियो।
हङकङमा अहिले कोरोना भाइरस संक्रमणकको तेस्रो लहर सुरु भएको छ। त्यसलाई नियन्त्रण गर्ने उद्देश्यका साथ सबै नागरिकको कोरोना परीक्षण गर्ने निर्णय गरिएको थियो।
तर, चिनियाँ सरकारसँग रुष्ट भएकाले हङकङका धेरै जनताले यो अभियानअन्तर्गत परीक्षण नगराउने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अनुमान गरेका छन्।
" /> काठमाडौं। हङकङ सरकारले अर्को महिना आफ्ना सबै नागरिकको कोरोना भाइरस निःशुल्क परीक्षण गर्ने भएको छ।चिनियाँ कम्पनीहरूको प्रायोजन रहने उक्त योजनामा हङकङका कति नागरिकले सहभागिता जनाउँछन् भन्ने विषयमा भने धेरै प्रश्नहरू रहेको बताइएको छ। चीनको राजनीतिक नेतृत्वसँग हङकङका जनता खुसी छैनन्।

">