जनकपुर। मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ।
यस प्रदेशमा अहिलेसम्ममा आठ हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ५२ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ।
यस प्रदेशअन्तर्गतका आठवटै जिल्लाबाट कोरोनाको सङ्क्रमणको चपेटामा परेको छ।
सोमध्ये सबैभन्दा बढी पर्सा जिल्ला मारमा परेको देखिएको छ।
सो जिल्लामा कोरोनाबाट २५ जनाको ज्यान गइसकेको छ भने दोस्रो धनुषा जिल्लामा ९ जनाको मृत्यु भएको छ।
त्यस्तै, बारामा ६, सप्तरीमा चार, रौतहटबाट तीन, महोत्तरी र सिरहाबाट दुई/दुई र सर्लाही जिल्लामा एकजनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
बिहीबार अपराह्नसम्म यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ६३ पुगेको छ।
सोमध्ये तीन हजार ९८४ जना उपचार गराई घर फर्केका छन् भने तीन हजार ८९५ जनाको उपचार भइरहेको छ।
प्रदेशमा स्वाबको नमूना संकलन कार्य तीव्ररूपमा भइरहेको छ।
अहिलेसम्म ८५ हजार ७६४ को स्वाबको नमूना संकलन गरिएको छ। संकलित स्वाबमध्ये ७२ हजार ७८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ९१२ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।
भारतबाट आउने वा सशङ्कित व्यक्तिका लागि यस प्रदेशमा निर्माण गरिएको २१७ वटा क्वारेन्टिनमा १३ हजार ७४८ वटा शय्याको व्यवस्था गरिएको छ।
ती क्वारेन्टाइनमा एक हजार ३२७ जनालाई क्वारेन्टिन राखिएको छ भने होम क्वारेन्टिनमा दुई हजार १८८, आइसोलेसनमा ४६१ र होम आइसोलेसनमा ७६२ जना बसेका छन्।
यस प्रदेशको आठवटै जिल्लाको सिमाना भारतसँग जोडिएको छ। भारतमा कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिएको छ।
सिमानामा आवतजावतमा रोक लगाइएको भए पनि लुकीछिपी भित्रिने व्यक्तिमध्ये कतिपय कोरोनाबाट सङ्क्रमित पाइएका छन्।
त्यस्ता व्यक्तिहरू परिवारमा घुलमिल गरेर बसेपछि कोरोनाको सङ्क्रमण ह्वात्तै बढेको देखिएको छ। रासस
" /> जनकपुर। मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ।यस प्रदेशमा अहिलेसम्ममा आठ हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ५२ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ।

">