प्युठानका एक कोरोना संक्रमितको मृत्यु
<p>काठमाडाैं। प्युठानका एक कोरोना बिरामीको मृत्यु भएको छ। जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ वर्षीयको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड -१९ फोकल पर्सन पुष्कल श्रेष्ठले बताए।</p>
<p>गत साउन २६ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका उनको कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजेटिभ आएको थियो।</p>
<p> सास फेर्न गाह्रो भएको र ज्वरो आएकाले उपचारका लागि यही भदौ १ गते उनलाई बुटवल पठाइएको सूचना अधिकारी श्रेष्ठले बताए। उनी मधुमेह र र रक्तचापका बिरामी थिए।</p>
<p>रासस</p>
प्रतिक्रिया दिनुहोस्
