काठमाडौं। विराटनगरका ६ जना पत्रकार कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।
संक्रमणमुक्त हुने पत्रकारहरूमध्ये पाँचजना उद्घोष दैनिकमा आवद्ध छन्। मोहन भण्डारी, कमल रिमाल, संजीव खनाल, बाबुराम भण्डारी, जितेन्द्र नारायण ठाकुर र दिनेश साहले कोरोनालाई जितेका हुन्।
पछिल्लोपटक गरिएको थ्रोट स्वाब नमूना परीक्षणमा उनीहरूको कोभिड-१९ नतिजा नेगेटिभ आएको छ।
दुईजना होम आइसोलेसनमा बसेर उपचार गराएका थियो। त्यस्तै चारजना बैजनाथपुरस्थित आइसोलेसन सेन्टरमा बसेका थिए।
उनीहरूको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिँदै नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुँईटेलले पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन्।
" /> काठमाडौं। विराटनगरका ६ जना पत्रकार कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।संक्रमणमुक्त हुने पत्रकारहरूमध्ये पाँचजना उद्घोष दैनिकमा आवद्ध छन्। मोहन भण्डारी, कमल रिमाल, संजीव खनाल, बाबुराम भण्डारी, जितेन्द्र नारायण ठाकुर र दिनेश साहले कोरोनालाई जितेका हुन्।

">