चितवन। भरतपुर अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका- १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको सूचनामा ६ दिनदेखि कोभिड-१९ संक्रमण भई अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको हिजो मृत्यु भएको हो।
ती पुरुषमा क्षयरोग, खुट्टा नचल्ने, मिर्गौलामा समस्या रहेको अस्पतालका कोभिड-१९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलले बताए।
हालसम्म भरतपुर अस्पतालमा कोभिड-१९ का कारण तीनजनाको मृत्यु भएको छ। अर्का एकजनाको पूर्वी चितवनमा मृत्यु भएको थियो। रासस
" /> चितवन। भरतपुर अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।मृत्यु हुनेमा रत्ननगर नगरपालिका- १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको सूचनामा ६ दिनदेखि कोभिड-१९ संक्रमण भई अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको हिजो मृत्यु भएको हो।

">