कोरोना भाइरसका ७०७ नयाँ संक्रमित थपिए

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ७०७ नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ८३२ जनाको पीसीआर परीक्षणमा १९२ महिला र ५१५ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा २६४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। र, हालसम्म निको हुनेको संख्या १७ हजार ६६४ पुगेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ जना रहेको र संस्थागत आइसोलेसनमा ८ हजार ८३ र होम आइसोलेसनमा ३ हजार ७७२ जना उपचाररत रहेको प्रवक्ता गौतमले जानकारी दिए।

नेपालमा हालसम्म २९ हजार ६४५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्