काठमाडौं। जनस्वाथ्य विज्ञ डा रविन्द्र पाण्डेले काठमाडौं उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन्। उपत्यकाभित्र अवैध रुपमा आउनेहरुको संख्या धेरै हुँदा कोरोना (कोभिड-१९) संक्रमणको जोखिम बढेकाले सबै नाकामा सेना परिचालन गरी आवागमनमा कडाइ गरिनुपर्ने डा. पाण्डेले बताए।
भारतबाट आएका धेरै मजदुर र संक्रमित क्षेत्रबाट आएका मानिसहरुलाई खोजेर परीक्षण गर्ने कार्यलाई सरकारले तीब्रता दिनुपर्ने पनि डा पाण्डेको सुझाव छ। उपत्यकाका भित्री, बाहिरी र मुख्य सडक लगायत सबै क्षेत्रमा प्रहरी परिचालन गरी मानिसहरुलाई घर बाहिर निस्कन नदिने काम प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।
पाण्डेले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा अहिलेसम्म क्वारेन्टाइनको व्यवस्था नगरिएकाले तत्काल क्वारेन्टाइन केन्द्रहरु निर्माण गर्नुपर्ने बताए। धेरै जनसंख्या भएको ठाउँमा क्वारेन्टाइन नबनाई बस्नुले सरकार अझै पनि गम्भीर नदेखिएको पाण्डेको बुझाइ छ। सरकारले कोरोना रोकथामका लागि लकडाउन तथा निषेधाज्ञा मात्रै गर्ने र अन्य कुनै व्यवस्थापन र तयारीका काम नगर्ने हो भने यसको कुनै अर्थ नहुने उनले बताए।
लामो समयसम्म लकडाउन अथवा निषेधाज्ञा गर्न नहुने पनि डा. पाण्डेको भनाइ छ। एक हप्ताका लागि गरिएको निषेधाज्ञा बढीमा एक हप्ता मात्रै थप्न पनि उनले सुझाए। १४ दिन निषेधाज्ञा हुँदा समान्य लक्षण भएका संक्रमितहरु निको भइसक्ने र लक्षण देखापरेकाहरु अस्पतालमा जाने भएकाले अर्को व्यक्तिमा संक्रमण सार्न सक्ने सम्भावना कम हुने उनले जानकारी दिए। समुदाय स्तरमा संक्रमण फैलिएको देखिएकाले १४ दिन अर्थात एक साइकल अवधिसम्म निषेधाज्ञा गर्नु उपयुक्त हुने पनि उनले बताए।
अहिले सरकारसँग दैनिक २२ हजारको पीसीआर परीक्षण गर्न सक्ने क्षमता भएकोमा सुमदाय स्तरमा पुगेर पुल प्रणालीबाट दैनिक १ लाखभन्दा बढीको परीक्षण गर्नुपर्ने सुझाव डा पाण्डेको छ। यसबाट कुन ठाउँमा संक्रमण बढी छ भन्ने कुरा छुट्याउन सकिने र सोही अनुसार व्यवस्थापनको कार्य गर्न सकिने उनले बताए।
आइसोलेसन वार्ड र आईसीयू अहिले नै भरिएको अवस्था भएकाले संक्रमणको स्थिति बढ्यो भने ठूलो क्षति हुन सक्ने उनको भनाइ छ । त्यसैले केही अस्पताललाई कोभिड अस्पतालको रुपमा छुट्याउन समेत उनले सुझाए।
काठमाडौंका दुईवटा मेडिकल कलेज, दुईवटा निजी अस्पताल र दुईवटा सरकारी अस्पताललाई कोरोना अस्पतालको रुपमा छुट्याई भेन्टिलेटर, आईसीयू, आइसोलेसन वार्डको संख्या बढाउनुपर्ने आवश्यकता देखिएको पनि उनले बताए।