भक्तपुर। सरकारले कोरोना हब अस्पतालको रूपमा तोकेको भक्तपुर अस्पतालले सघन उपचारकक्ष (आईसीयू) र आइसोलेसन शय्या सञ्चालनमा ल्याएको छ।
कोरोना संक्रमण फैलिँदै गएपछि बिरामीको उपचारको लागि अस्पतालले पाँच शय्याको आईसीयू र तीन वटा भेन्टिलेटरसहितको १५ शय्या आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको हो।
अस्पतालले एक महीनाअघि नै आईसियू र आइसोलेसन सञ्चालन गर्नेगरी सबै तयारी पूरा गरेपनि जनशक्ति अभावका कारण सञ्चालन गर्न नसकेको अवस्थामा जिल्लाका तीन प्रमुख अस्पतालको संयुक्त समन्वयमा आईसीयूसहितको सेवा शुरू गरेको हो।
मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमका अनुसार भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको संयुक्त समन्वयमा सेवा सञ्चालनमा ल्याइएको हो। रासस
" /> भक्तपुर। सरकारले कोरोना हब अस्पतालको रूपमा तोकेको भक्तपुर अस्पतालले सघन उपचारकक्ष (आईसीयू) र आइसोलेसन शय्या सञ्चालनमा ल्याएको छ।कोरोना संक्रमण फैलिँदै गएपछि बिरामीको उपचारको लागि अस्पतालले पाँच शय्याको आईसीयू र तीन वटा भेन्टिलेटरसहितको १५ शय्या आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको हो।

">