भक्तपुर। सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टानलाई आइसोलेसनमा परिणत गरिएको छ। चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनलाई २०० शय्याको आइसोलेसन बनाएर सञ्चालनमा ल्याएको हो।
सरकारले कोरोना हब अस्पतालको रूपमा राखेको भक्तपुर अस्पताललाई ५०० शय्याको आइसोलेसन तयार पार्न भनेपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा बीरदल गण सूर्यविनायकको सहयोगमा खरिपाटी क्वारेन्टाइन भवनलाई आइसोलेसनका रूपमा परिणत गरेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले बताइन्।
हाल २०० शय्याको आइसोलेसन तयार भएपनि तत्काल १०० शय्या सञ्चालनमा ल्याएको जानकारी दिँदै मेसु डा. गौतमले भनिन्, “सङ्घीय सरकार र बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र मन्त्री युवराज दुलालको अगुवाइमा खरिपाटीस्थित क्वारेन्टाइनलाई आईसोलेसन सञ्चालन गरेका हौँ, उहाँबाट जनशक्ति पनि पठाईदिने आश्वासन प्राप्त भएको छ।”
आइसोलेसनमा रहेको ८ शय्या स्वास्थ्यकर्मीलाई छुट्याइएको छ भने २०० शय्या कोरोना भाइरस सङ्क्रमितलाई राखिनेछ। भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको समन्वयमा चिकित्सकसहित ७ जनाको स्वास्थ्य टोली त्यहाँ खटाइएको डा. गौतमले बताइन्। भक्तपुर अस्पताल, राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालले पाँचदेखि सातजनाको संयुक्त तीनवटा स्वास्थ्यकर्मीको टिम बनाएर भक्तपुर अस्पताल, यहाँको आईसियू तथा आइसोलेसन र खरिपाटीस्थित आइसोलेसनमा टोली परिचालन गरिएको छ।
तीन अस्पतालले एक विशेषज्ञ चिकित्सक, अरु दुई चिकित्सक, दुई नर्स, एक ल्याब टेक्निसियन र एक हेल्परसहित एक टीममा सातजना रहने गरी तीनवटा टीम तयार पारेको छ। भक्तपुर अस्पतालमा तालिम प्राप्त जनशक्तिको अभाव भएकाले राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालसँग तालिम प्राप्त जनशक्ति राखेर टीम बनाएको हो। रमेश गिरी/रासस
" /> भक्तपुर। सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टानलाई आइसोलेसनमा परिणत गरिएको छ। चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनलाई २०० शय्याको आइसोलेसन बनाएर सञ्चालनमा ल्याएको हो।सरकारले कोरोना हब अस्पतालको रूपमा राखेको भक्तपुर अस्पताललाई ५०० शय्याको आइसोलेसन तयार पार्न भनेपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा बीरदल गण सूर्यविनायकको सहयोगमा खरिपाटी क्वारेन्टाइन भवनलाई आइसोलेसनका रूपमा परिणत गरेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले बताइन्।

">