चितवन। कोरोनाका कारण आर्थिक अवस्था कमजोर भएकाको उपचारको साहारा बनेको यहाँका सरकारी अस्पतालका सेवा प्रभावित भएपछि बिरामी मर्कामा परेका छन्। सङ्घीय अस्पताल भरतपुर अस्पताल र बिपी कोराइला मेमोरियल क्यान्सर अस्पतालको सेवा पाँच दिनदेखि प्रभावित छ।
दुवै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र बिरामीमा कोरोना सङ्क्रमण भएपछि उनीहरूको सम्पर्कमा रहेका अन्य चिकित्सक, स्वास्थ्यकर्मी आइसोलेसनमा हुँदा सेवा प्रभावित भएको हो।
ती दुवै अस्पतालमा आकस्मिक बाहेकका सेवा दिइएको छैन। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, स्त्री तथा प्रसुती रोग विभागका प्रमुख डा. सुनिलमणि पोख्रेलसहित पाँच जना चिकित्सक, दुई जना नर्स र एक जना सहयोगी कर्मचारी सङ्क्रमित भएका छन्। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलकाअनुसार अहिले आकस्मिक बाहेकका सेवा बन्द छन्। उनका अनुसार ६०० शय्या भएको अस्पतालमा ९० प्रतिशत हाराहारी बिरामीले भरिने गर्दछन्। वहिरङ्ग सेवामा पनि दैनिक २ हजारसम्म बिरामी आउने गर्थे। उपचारका लागि चितवनसहित १९ जिल्लाका बिरामी आउने गरेको तथ्याङक छ।
सरकारी अस्पतालमा धेरैको उपचार निःशुल्क हुन्छ भने पैसा लाग्दा पनि न्यून लाग्ने गर्दछ। पौडेलका अनुसार चेपाङ, मुसहर, अल्पसङ्ख्यक लगाएतका १२ वटा जातीले निःशुल्क उपचार पाउँछन्। सबै महिलालाई टिकट निःशुल्क छ। अस्पतालको सामाजिक सेवा एकाईमार्फत बृद्धबृद्धासँगै आर्थिक अवस्था निकै कमजोर भएकाले पनि उपचारमा छुट पाउँदै आएका थिए।
अस्पताल बन्द हुँदा सबैभन्दा बढी गर्भवती एवम् सुत्केरी गराउनुपर्ने प्रभावित भएका छन्। काठमाडौंको परोपकार प्रसुती गृहपछि धेरै सुत्केरी हुने अस्पताल भरतपुर अस्पताल हो। वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले अनुसार सोही विभागका प्रमुख सङ्क्रमित भएपछि उनको सम्पर्कमा आएकै कारण आफू बाहेक सबै चिकित्सक र नर्सहरू आइसोलेसनमा रहेको बताए।
पहिलेनै भर्ना भएर सुत्केरी गराइएका ६ जना बिरामी मात्र विभागमा बाँकी छन्। सो विभागमा विशेषज्ञ र मेडिकल अधिकृत गरी २२ जना चिकित्सक कार्यरत छन्। सापकोटा यो मौषम सुत्केरी बढी हुने बताउँछन्। सरकारी अस्पतालमा प्रसुती सेवा निःशुल्क हुन्छ। बााहिर निजीमा साधारण सुत्केरी हुँदा २० हजार रूपैयाँ हाराहारी र शल्यक्रिया गर्नुपर्दा ५० हजारभन्दा बढी खर्च हुन्छ।
उता बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम अस्पतालका सात जना स्टाफ नर्स र तीन जना सरसफाइका कर्मचारी सङ्क्रमित भएपछि प्रभावित भएको सेवा सकेसम्म छिटो शुरू गर्ने बताउँछन्। आइसोलेसनमा बसेकाको स्वाब परीक्षणपछि अस्पताल चलाउने उनको भनाइ छ। क्यान्सर अस्पतालमा देशभर र भारतीय भूमीबाट बिरामी उपचारका लागि आउँछन्। नारायण अधिकारी/रासस
" /> चितवन। कोरोनाका कारण आर्थिक अवस्था कमजोर भएकाको उपचारको साहारा बनेको यहाँका सरकारी अस्पतालका सेवा प्रभावित भएपछि बिरामी मर्कामा परेका छन्। सङ्घीय अस्पताल भरतपुर अस्पताल र बिपी कोराइला मेमोरियल क्यान्सर अस्पतालको सेवा पाँच दिनदेखि प्रभावित छ।दुवै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र बिरामीमा कोरोना सङ्क्रमण भएपछि उनीहरूको सम्पर्कमा रहेका अन्य चिकित्सक, स्वास्थ्यकर्मी आइसोलेसनमा हुँदा सेवा प्रभावित भएको हो।

">