काठमाडौं। काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी भएको छ। यस्तो अवस्थामा मानिसहरू घरबाहिर निस्किन समेत प्रतिबन्ध छ। अत्यावश्यक काम बाहेकका गतिविधिमा संलग्न भएको पाइए कानूनी कारवाही समेत गरिने स्थानीय प्रशासनले जनाएका छन्।
अबको एक साताका तीनै जिल्लाका बासिन्दाहरू सुरक्षाकर्मीकको कडा निगरानीमा हुनेछन्। ७ साउनबाट लकडाउन खुलेसँगै मानिसहरू निर्वाध रूपमा आफ्नो काममा फर्किन थालेका थिए।
स्वास्थ्य सावधानीमा लापरवाही अपनाएको तथा कोरोना संक्रमणको जोखिम बढाएको भन्दै यस्तो कठोर निर्णय बाध्य भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन्।
मानिसहरूलाई घरभित्र राख्नलाई मात्र निषेधाज्ञा गरिएको हो भने एक सातापछि झन भयावह अवस्था आउन सक्ने बताए। परीक्षणको दायरा बढाउनुको सँगै अन्य तयारी पनि व्यापक पार्नुपर्छ।
“घरभित्रै सुरक्षित भएर बस्नुपर्ने मान्छेहरू सडकमा निस्किए। काममा जाँदा पनि सावधानी अपनाएनन्। एकदमै लापरवाही गरे। अबको एक साता घरभित्रबाट बाहिर निस्किन निदैंनौं। निस्किए कारवाही हुन्छ”, उनले भने।
१० भदौसम्म लागू हुने निषधाज्ञाको क्रममा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवा मात्र सञ्चालनमा आउनेछ। त्यसबाहेक कुनै पनि गतिविधि गर्न नपाईने प्रजिअ दाहालले बताए।
निषेधाज्ञा किन ?
गत ११ चैतदेखि ६ साउनसम्म देशभर लकडाउन भयो। त्यो अवधिमा संक्रमितको संख्या न्यून थियो। लकडाउनको अन्त्य भएको एक महीनामा भने ह्वात्तै बढेको छ।
भौतिक दूरी कायम गर्ने, अनिवार्य मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, भीडभाडमा नजाने जस्तो गतिविधि अत्यन्तै कम भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको भनाइ छ। संक्रमणको दर बढ्न थालेको र स्वास्थ्य सुरक्षा सर्तकता नअपनाउँदा निषेधाज्ञा गर्ने अवस्थामा पुगिएको उनले बताइन्।
“राज्यले मात्र कोरोना नियन्त्रण सम्भव छैन्। नागरिकको तर्फबाट पनि सजक हुनुपर्ने हो। तर, स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना गर्न सकिएन भने जोखिम झन बढ्छ।” प्रजिअ पाण्डेले भनिन्।
निषेधाज्ञाको समयमा के गर्ने ?
मानिसहरूलाई घरभित्र थुनेर मात्र कोरोना नियन्त्रण गर्न सकिन्छ ? निषेधाज्ञा जारी भएपछि आम जनमानसको यो प्रश्न हो। प्रजिअ दाहालले भने एक साता सबैजना घरभित्रै बस्यो भने कोरोना महामारी कम हुने बताए।
“ढुक्कसँग घरभित्रै बस्नुहोस्। एकसातापछि कोरोना संक्रमणको जोखिम कम हुन्छ। स्वास्थ्य कार्यालयले स्वाब संकलन गर्ने ल्याबहरूले परीक्षण गर्ने नियमित काम त चलिरहन्छ।” प्रजिअ दाहालले भने।
निषेधाज्ञाको प्राथमिकताका भनेको एक साता घरभित्र बसाएर जोखिम कम गर्ने भएको उनको भनाइ छ। तर, जनस्वास्थ्यविद्ले भने घरभित्र राखेर मात्र जोखिम कम नहुने बताए।
जनस्वास्थ्यविद् डा. रबीन्द्र पाण्डेले निषेधाज्ञाले मात्र कोरोना नियन्त्रण गर्न नसकिने बताए। उक्त एक सातामा पीसीआर परीक्षण व्यापक बनाउने, आइलोसन निर्माण गर्ने, क्वारेन्टाइनको क्षमता तथा गुणस्तर वृद्धि गर्ने, भेन्टिलेटर, आईसीयू लगायतका स्वास्थ्य सेवाको विस्तार गर्नुपर्ने उनको भनाइ छ।
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेन्द्र गेलालले निषेधाज्ञाको अवधिमा अहिलेसम्म भइरहेको नियमित कामबाहेक केही नहुने बताए।
“कन्ट्याक्ट ट्रेसिङ, पोजिटिभ आएकाहरूको सम्पर्कमा आएकाहरूको विवरण तयार पार्ने, स्वाब संकलन गर्ने, पीसीआर परीक्षण गर्ने काम हुन्छ। जुन अहिले पनि नियमित रूपमा भइरहेको छ।” डा. गेलालले भने, “त्यसरी परीक्षणको दायरा व्यापक बनाउने भन्ने चाँही अहिलेसम्म केही भएको छैन्।”
डा. पाण्डेले भने मानिसहरूलाई घरभित्र राख्नलाई मात्र निषेधाज्ञा गरिएको हो भने एक सातापछि झन भयावह अवस्था आउन सक्ने बताए। परीक्षणको दायरा बढाउनुको सँगै अन्य तयारी पनि व्यापक पार्नुपर्ने उनको भनाइ छ।