काठमाडौं। हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन।
तीज पर्व मनाउने क्रममा यो दिन विभिन्न मिष्ठान्न परिकारका साथ दर खाइन्छ। भोलि बस्ने निराहार व्रतको लागि शक्ति प्राप्त होस् भनी मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ।
धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितियाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ।
तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरूले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकार दरका रूपमा खुवाउने चलन छ।
तर, कोरोना भाइरस संक्रमणको जोखिमका कारण यसवर्ष चेलिबेटीहरू नबोलाउन, जमघट नगर्न र घरका परिवारहरू मात्र बसेर पर्व मनाउन अनुरोध गरिएको छ।
तीजको दिन पानीसम्म नखाने गरी व्रत बस्ने हुनाले आज मध्यरातिसम्म दर खाइन्छ।
" /> काठमाडौं। हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन।तीज पर्व मनाउने क्रममा यो दिन विभिन्न मिष्ठान्न परिकारका साथ दर खाइन्छ। भोलि बस्ने निराहार व्रतको लागि शक्ति प्राप्त होस् भनी मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ।

">