हेटौंडामा एक सयभन्दा बढी बेडको आइसेलसन निर्माण शुरू
<p style="text-align: justify;">काठमाडौं। कोरोना संक्रमितलाई राख्ने गरी हेटौंडाको गौरीटार रंगशालामा थप आइसोलेसन निर्माण शुरू गरिएको छ। </p>
<p style="text-align: justify;">संक्रमितको संख्या थप हुँदै जाँदा उपचारको व्यवस्थापन गर्न सजिलोका लागि थप आइसोलेसन बनाउन थालिएको हो।</p>
<p style="text-align: justify;">बागमती प्रदेश सरकार हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा यहाँ १०० भन्दा बढी बेड क्षमताको आइसोलेसन स्थापना गरिने बताइएको छ। </p>
<p style="text-align: justify;">यसअघि सोही स्थानमा रहेको रंगशालाको पुरुष छात्रावासमा १२० बेड क्षमताको आइसोलेसन संचालन गरिसकिएको छ। </p>