कैलाली। कैलालीमा बिहीबार राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी भएकाे छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
“भोलि बिहिबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ,” कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने।
उनले यो अवधिमा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहने बताए।
खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षा जस्ता सेवा सञ्चालनमा भने रोक नलगाइने उनले बताए। भदौ १४ गतेसम्म लागू हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुनेछन्।
" /> कैलाली। कैलालीमा बिहीबार राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी भएकाे छ।कैलालीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

">