काठमाडाैं। विभिन्न कारणले वासस्थान बाहिर आएका वन्यजन्तुको उद्धार र संरक्षणका लागि डिभिजन वन कार्यालय कास्कीले छुट्टै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।
पोखरा आसपास घाइते तथा बेवारिसे वन्यजन्तुलाई उद्धार गरेर सहजै वासस्थान पुर्‍याउन र समयै उपचार गर्न छुट्टै एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो।
यसअघि अन्य सवारीसाधनमा उद्धार गरी पोखरा जुओलोजिकल पार्कको उद्धार केन्द्रमा उपचार गरिँदै आइएको डिभिजन प्रमुख रामकाजी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार अब वन्यजन्तुलाई प्राथमिक उपचार व्यवस्थासहितको एम्बुलेन्सले उद्धार गर्नेछ।
विशेषगरी कास्की आसपासमा बढी मात्रामा चितुवा शहरी क्षेत्रमा देखिने हुँदा त्यसको उद्धारका लागि छुटै एम्बुलेन्सको व्यवस्था नहुँदा समस्या पर्दै आइरहेको छ।
उनले गण्डकीमै त्यस्ता हिंस्रक वनजन्तुलाई डार्टिङ (सुई हानेर बेहोस बनाउने विधि) गर्ने टोली नहुँदा पनि उद्धारमा समस्या हुँदै आएको र सोका लागि काठमाडौं वा सौराहाको टोली झिकाउनुपर्ने बाध्यता रहेको बताए।
गत आर्थिक वर्षमा प्रदेश सरकारले वन्यजन्तु उद्धार केन्द्र तथा पार्क निर्माणका लागि डेढ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो।
सोही बजेटमार्फत् डिभिजन वन कार्यालय कास्कीले ४६ लाख रूपैयाँ लागतमा एम्बुलेन्स सञ्चालनमा ल्याएको श्रेष्ठले जानकारी दिए।
उक्त एम्बुलेन्स सञ्चालनको जिम्मा पचभैयास्थित वनजन्य उद्धार केन्द्रलाई दिने तयारी भएको र त्यससम्बन्धी पूर्वाधार र नियम तयार गरेर  हस्तान्तरण गर्ने योजना रहेको उनको भनाइ छ। रासस
" /> काठमाडाैं। विभिन्न कारणले वासस्थान बाहिर आएका वन्यजन्तुको उद्धार र संरक्षणका लागि डिभिजन वन कार्यालय कास्कीले छुट्टै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।
पोखरा आसपास घाइते तथा बेवारिसे वन्यजन्तुलाई उद्धार गरेर सहजै वासस्थान पुर्‍याउन र समयै उपचार गर्न छुट्टै एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो।
यसअघि अन्य सवारीसाधनमा उद्धार गरी पोखरा जुओलोजिकल पार्कको उद्धार केन्द्रमा उपचार गरिँदै आइएको डिभिजन प्रमुख रामकाजी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार अब वन्यजन्तुलाई प्राथमिक उपचार व्यवस्थासहितको एम्बुलेन्सले उद्धार गर्नेछ।
विशेषगरी कास्की आसपासमा बढी मात्रामा चितुवा शहरी क्षेत्रमा देखिने हुँदा त्यसको उद्धारका लागि छुटै एम्बुलेन्सको व्यवस्था नहुँदा समस्या पर्दै आइरहेको छ।
उनले गण्डकीमै त्यस्ता हिंस्रक वनजन्तुलाई डार्टिङ (सुई हानेर बेहोस बनाउने विधि) गर्ने टोली नहुँदा पनि उद्धारमा समस्या हुँदै आएको र सोका लागि काठमाडौं वा सौराहाको टोली झिकाउनुपर्ने बाध्यता रहेको बताए।
गत आर्थिक वर्षमा प्रदेश सरकारले वन्यजन्तु उद्धार केन्द्र तथा पार्क निर्माणका लागि डेढ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो।
सोही बजेटमार्फत् डिभिजन वन कार्यालय कास्कीले ४६ लाख रूपैयाँ लागतमा एम्बुलेन्स सञ्चालनमा ल्याएको श्रेष्ठले जानकारी दिए।
उक्त एम्बुलेन्स सञ्चालनको जिम्मा पचभैयास्थित वनजन्य उद्धार केन्द्रलाई दिने तयारी भएको र त्यससम्बन्धी पूर्वाधार र नियम तयार गरेर  हस्तान्तरण गर्ने योजना रहेको उनको भनाइ छ। रासस
"> कास्कीमा वन्यजन्तु उद्धारका लागि ‘डार्टिङ’ सहितको एम्बुलेन्स: Dekhapadhi
कास्कीमा वन्यजन्तु उद्धारका लागि ‘डार्टिङ’ सहितको एम्बुलेन्स
काठमाडाैं। विभिन्न कारणले वासस्थान बाहिर आएका वन्यजन्तुको उद्धार र संरक्षणका लागि डिभिजन वन कार्यालय कास्कीले छुट्टै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।
यसअघि अन्य सवारीसाधनमा उद्धार गरी पोखरा जुओलोजिकल पार्कको उद्धार केन्द्रमा उपचार गरिँदै आइएको डिभिजन प्रमुख रामकाजी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार अब वन्यजन्तुलाई प्राथमिक उपचार व्यवस्थासहितको एम्बुलेन्सले उद्धार गर्नेछ।
विशेषगरी कास्की आसपासमा बढी मात्रामा चितुवा शहरी क्षेत्रमा देखिने हुँदा त्यसको उद्धारका लागि छुटै एम्बुलेन्सको व्यवस्था नहुँदा समस्या पर्दै आइरहेको छ।
उनले गण्डकीमै त्यस्ता हिंस्रक वनजन्तुलाई डार्टिङ (सुई हानेर बेहोस बनाउने विधि) गर्ने टोली नहुँदा पनि उद्धारमा समस्या हुँदै आएको र सोका लागि काठमाडौं वा सौराहाको टोली झिकाउनुपर्ने बाध्यता रहेको बताए।
गत आर्थिक वर्षमा प्रदेश सरकारले वन्यजन्तु उद्धार केन्द्र तथा पार्क निर्माणका लागि डेढ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो।
सोही बजेटमार्फत् डिभिजन वन कार्यालय कास्कीले ४६ लाख रूपैयाँ लागतमा एम्बुलेन्स सञ्चालनमा ल्याएको श्रेष्ठले जानकारी दिए।
उक्त एम्बुलेन्स सञ्चालनको जिम्मा पचभैयास्थित वनजन्य उद्धार केन्द्रलाई दिने तयारी भएको र त्यससम्बन्धी पूर्वाधार र नियम तयार गरेर  हस्तान्तरण गर्ने योजना रहेको उनको भनाइ छ। रासस
प्रतिक्रिया दिनुहोस्