थप ६८१ जनामा काेराेना संक्रमण, संक्रमितको संख्या २८ हजार ९३८ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ६८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ पीसीआर परीक्षणमध्ये २१६ महिला र ४६५ पुरूषमा संक्रमण देखिएकाे हाे।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन्।

हालसम्म १७ हजार ७०० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्