काठमाडौं। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले लकडाउनभन्दा निषेधाज्ञाका बेला कडाइ हुने बताएका छन्।
अत्यावश्यक बाहेकका कुनै पनि कार्य गर्न नपाइने भन्दै दाहालले भने, “अब आममानिस घरभित्र बस्ने, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक काम गर्नेहरू मात्र बाहिर देखिन्छन्।”
लकडाउनको समयमा बिना काम बाहिर हिँड्नेलाई सम्झाइबुझाइ त्यत्तिकै छाडिएको भन्दै निषेधाज्ञाको समयमा भने कानूनअनुसार कारबाही गरिने उनको भनाइ छ।
“अब सम्झाउने वा एक घण्टा उभ्याएर राख्ने काम हुँदैन्। सीधै कानूनअनुसार कारबाही हुन्छ,” प्रजिअ दाहालले भने, “त्यही भएर घरभित्रै बस्नुहोला। बाहिर आएर कोरोनाको जोखिम बढाउनुभन्दा एक साता भित्रै बसेर कोरोनाबाट बच्नुहोला।”
आज राति १२ बजेदेखि काठमाडौंं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू हुँदैछ।
कोरोना महामारी नियन्त्रणका लागि भन्दै एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकाय तथा सरोकारवाला निकायबीच मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको थियो।
निषेधाज्ञाका बेला के-के गर्न पाइँदैन
१. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन।
२. अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न।
३. अत्यावश्यक सामग्री लगायतका मालवाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन बाहेक काठमाडौं उपत्यकाभित्र सवारीसाधन प्रयोग गर्न।
४. जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न।
५.कोभिड–१९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिनुपर्ने अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यलयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १०ः३० र बेलुकी ३ बजेदेखि ५ः३० सम्म आवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न।
६. सवारीसाधन सञ्चालनको लागि पूर्वअनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु तथा सेवाअन्तर्गत पर्ने, औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार भन्सार क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्यरूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारीसाधन जस्ता अतिआवश्यक सेवा बाहेकका सवारीसाधन सञ्चालन गर्न।
७. कुनै पनि मेला, महोत्सव जात्रा सञ्चालन गर्न, मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न।
८. परम्परागतरूपमा भई आएको दैनिकरूपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न।
९. शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, ट्युसन सेन्टर, भाषा कक्षालगायतका जमघट हुने गतिविधिहरू सञ्चालन गर्न।
१०. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न।
११. फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन गर्न।
१२. होटल, रेष्टुराँ सञ्चालन गर्न।
तर,
१३. बैंकिङ सेवा लगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्युनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी मावश्यक सेवा प्रवाह गर्नु पर्नेछ।
१४. अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्यरूपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्नेछ।
१५. हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिसा, कन्फर्म हवाई टिकट हुनेहरू सीधै एअरपोर्ट जाने सवारीसाधनको हकमा सहजीकरण गर्न सकिनेछ।
साथै,
१६. अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानूनबमोजिम कारबाही हुनेछ।
१७. यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुनेछ।
" /> काठमाडौं। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले लकडाउनभन्दा निषेधाज्ञाका बेला कडाइ हुने बताएका छन्।अत्यावश्यक बाहेकका कुनै पनि कार्य गर्न नपाइने भन्दै दाहालले भने, “अब आममानिस घरभित्र बस्ने, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक काम गर्नेहरू मात्र बाहिर देखिन्छन्।”

">