काठमाडौं। कोरोना जोखिमका कारण नुवाकोटमा जारी निषेधाज्ञा एक साता थप गरिएको छ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेअनुसार एक साताका लागि निषेधाज्ञा थप गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए।
गत २५ साउनदेखि १० दिन लगाइएको निषेधाज्ञालाई निरन्तरता दिने साथै रोगको सङ्क्रमण थप फैलन नदिन थप सतर्कता अपनाउने निर्णय गरिएको ढकालले जानकारी दिए।
स्थानीय प्रशासन ऐन र सङ्क्रामक रोग ऐनअनुसार जारी गरिएको निषेधाज्ञा जिल्लाको विदुर र बेलकोटगढी नगरपालिकासहित लिखु, सूर्यगढी, दुप्चेश्वर, पञ्चकन्या र शिवपुरी गाउँपालिकाको सबै स्थानमा तोकिएको छ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसलबाहेकका अन्य पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न नपाउने भनिएको छ। खाद्यान्न पसलसमेत बिहान ६ बजेदेखि १० बजेसम्म दैनिक चार घण्टा मात्र खोल्न दिने निर्णय बैठकले गरिएको छ ।
प्रजिअ ढकालका अनुसार नुवाकोटमा हालसम्म ७२ जना सङ्क्रमित देखिएका छन्। रासस
" /> काठमाडौं। कोरोना जोखिमका कारण नुवाकोटमा जारी निषेधाज्ञा एक साता थप गरिएको छ।जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेअनुसार एक साताका लागि निषेधाज्ञा थप गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए।

">