पोखरामा चारजना कोरोना संक्रमित थपिए
<p style="text-align: justify;">काठमाडौं। गण्डकी प्रदेशका थप चारजनामा कोरोना संक्रमण पुष्‍टि भएको छ। </p>
<p style="text-align: justify;">प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका चार पुरुषमा संक्रमण देखिएको हो। </p>
<p style="text-align: justify;">पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा कोभिड-१९ पोजिटिभ देखिएकाहरू १८ देखि ४७ वर्ष उमेर समूहका छन्। </p>
<p style="text-align: justify;">यो सँगै गण्डकीमा कोरोनाका कूल संक्रमित एक हजार ७८३ जना पुगेका छन्। </p>
प्रतिक्रिया दिनुहोस्
