काठमाडौं। कोरोना भाइरसको महामारी पछिल्ला दिनमा तीव्र गतिमा बढ्न थालेपछि विस्तारै खुकुलिँदै गएको लकडाउन फेरि देशव्यापीरूपमा फर्किन थालेको छ।
संक्रमणको दर कम गर्ने प्रयासस्वरूप काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आज साँझसम्म बसेको संयुक्त बैठकबाट निषेधाज्ञा थप कडा पार्ने निर्णय गरेको छ।
देशभर कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४० पुगिसकेको छ।
१६ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ भने १३ जिल्लाले आंशिकरूपमा निशेधाज्ञा लगाएका छन्।
यसैगरी ७ जिल्लाले लकडाउन शब्द प्रयोग गरेका छन्। त्यसमध्ये तीन जिल्ला पूर्ण लकडाउन हुनेछन् भने चार जिल्लामा आंशिक रूपमा मात्र जनजीवनमाथि रोक लगाइनेछ।
त्यस्तै दुई जिल्लामा निश्चित स्थान सिल गरिएका छन् भने दुई जिल्लामा तोकिएका केही सेवाहरू बन्द गरिएका छन्।
" /> काठमाडौं। कोरोना भाइरसको महामारी पछिल्ला दिनमा तीव्र गतिमा बढ्न थालेपछि विस्तारै खुकुलिँदै गएको लकडाउन फेरि देशव्यापीरूपमा फर्किन थालेको छ।संक्रमणको दर कम गर्ने प्रयासस्वरूप काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आज साँझसम्म बसेको संयुक्त बैठकबाट निषेधाज्ञा थप कडा पार्ने निर्णय गरेको छ।

">