काठमाडौं। भोलि कुसे औँसी, बुबाको मुख हेर्ने दिन।

बाबु हुनेले मिष्ठान्न परिकार तथा अन्य उपहार अर्पण गरेर बाबुको श्रीवृद्धि तथा दीर्घजीवनको कामना गर्ने र आशीर्वाद लिने दिन। अनि नहुनेले चाहिँ नजिकको तीर्थस्थलमा पुगेर बाबुलाई श्रद्धाञ्जली अर्पण गर्ने दिन।

कोरोना भाइरसको महामारीका कारण देशैभरका सबैजसो तीर्थस्थल बन्द छन्। खुलेकै भए पनि भक्तजनलाई प्रवेश बर्जित गरिएका छन्।

कुशे औँसीका दिन ठूलै मेला लाग्ने काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित गोकर्णेश्वर महादेवको मन्दिरमा पनि यसपालि भक्तजनलाई आउन नदिने स्थानीय प्रशासनले निर्णय गरिसकेको छ। त्यसैले भोलि अघिल्ला वर्षझै बिहानैदेखि विभिन्न तीर्थस्थलमा भक्तजनको भीड देखिने छैन।

बाबु नहुनेहरू धाउने तीर्थस्थल बन्द छन्।

यो महामारीका बेला के तपाईं आफ्ना पितालाई भेटेरै शुभकामना दिने र आशीर्वाद लिने योजनामा हुनुहुन्छ ? त्यसो हो भने प्रत्यक्ष भेट्ने तपाईंको योजना आफ्नै पिताका लागि घातक हुन सक्छ।

चिकित्सकहरूले कोरोना भाइरसको महामारी डरलाग्दो तरिकाले बढिरहेका बेला कुशे औँसीमा बाबु–सन्तानबीच प्रत्यक्ष भेटेर शुभकामना र आशीर्वाद नसाट्न सुझाएका छन्।

प्रत्यक्ष भेटबाट संक्रमण हुन सक्ने जोखिम रहेका कारण प्रविधिको प्रयोग गरेर ‘भर्चुअल्ली’ शुभकामना–आशीर्वाद साट्नु उचित हुने चिकित्सकहरूले बताएका छन्।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यो पटक बुबालाई प्रत्यक्ष भेटेर मुख नहेर्न अनुरोध गरेका छन्। नजिकै जाँदा कोरोना जोखिम बढ्ने भएकाले यो पटक प्रत्यक्ष भेटघाट गर्नुभन्दा अन्य विकल्पमार्फत् मनाउन आग्रह गरेका हुन्।

“एक दिनको पर्व हो भनेर बुबालाई भेट्न त गइन्छ। तर, एकैछिनको भेटघाटले कतै कोरोना संक्रमण भयो भने के गर्ने? त्यसले यो वर्ष भर्चुअलमार्फत् नै मनाउँदा राम्रो हुन्छ,” डा. पुनले भने।

अर्का डा. रमेश ढकालले महामारीको अन्त्य नहुँदासम्म कुनै पनि चाडपर्व मनाउन नहुने बताए।

“चाडपर्वका बेला सबैजना एकै ठाउँमा भेला हुन्छन्। जसले गर्दा कोरोना संक्रमणको जोखिम बढ्छ। महामारीको अन्त्य नहुँदासम्म चाडपर्व नै नमनाऔं,” डा. ढकालले भने।

यो पटकको बुबाको मुख हेर्ने दिन भर्चुअल मनाउन उनको आग्रह छ। त्यसरी भेट्न जाँदा आफूलाई सँगै बुबाहरूलाई समेत जोखिम हुने उनको भनाइ छ।

“एकातिर सवारीसाधनको सहज उपलब्धता छैन। यस्तोमा फेरि टाढा–टाढा जाँदा समस्या हुन सक्छ। त्यसरी यात्रा गर्दा आफूलाई पनि संक्रमणको जोखिम उत्तिकै हुन्छ,” उनले भने।

डा. पुनले बुबाहरू प्रायः पाका उमेरका हुने भएकाले आफ्नो कारणले पनि उनीहरू संक्रमणको जोखिम बढ्ने बताए। “प्रायः बुबाहरू ६० वर्ष माथिका छन्। त्यसरी नजिकै गएर भेट्न जाँदा उहाँहरूलाई संक्रमणको जोखिम एकदमै बढी हुन्छ। एकदिनको पर्वका लागि कोरोनाको जोखिम मोल्नु ठिक भएन,” डा. पुनले भने।

" /> काठमाडौं। भोलि कुसे औँसी, बुबाको मुख हेर्ने दिन।

"> बुबाको मुख हेर्न जाँदा कतै जोखिम त बढिरहेको छैन ?: Dekhapadhi
बुबाको मुख हेर्न जाँदा कतै जोखिम त बढिरहेको छैन ?

प्रतिक्रिया दिनुहोस्