काठमाडौंमा १ हप्ता निषेधाज्ञा, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं। काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा हुने भएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

"भोलि बुधबार राति १२ बजेदेखि लागू हुनगरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ," काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले देखापढीसँग भने, "यो अवधीमा सम्पूर्ण यातायातका साधन पनि चल्न पाउने छैनन्।"

खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षा जस्ता सेवा सञ्चालनमा रोक नलगाइने उनले बताए। भदौं १० गतेसम्म लागू हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुनेछन्।

सरकारले निषेधाज्ञाबारे निर्णय गर्ने अधिकारी प्रमुख जिल्ला अधिकारीहरूलााई दिएको छ। सोही आधारमा उपत्यकाका तिनै जिल्लाका सिडिओहरू कोरोना नियन्त्रणका लागि यस्तो निर्णयमा पुगेका हुन्।

आज मात्र उपत्यकामा २०५ जना कोरोना संक्रमित थपिएका थिए।

प्रतिक्रिया दिनुहोस्