काठमाडाैं उपत्यकामा थपिए २०५ कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

काठमाडौं जिल्लाका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जना गरी कूल २०५ जनाका संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा‍.डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा देशभर थप एक हजार १६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९२६ पीसीआर परीक्षणमध्ये सो संख्यामा संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८५ जना डिस्चार्ज भएका छन्।

हालसम्म १७ हजार ५८० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्