चितवन। सरकारी प्रयोगशालामा मात्र पीसीआर परीक्षण हुँदै आएकामा आजदेखि निजी खर्चमा जिल्लावासीले कोरोना भाइरस सङ्क्रमणको परीक्षण गर्न पाउने भएका छन्। चितवन मेडिकल कलेजले अनुमति पाएसँगै जिल्लामा निजी खर्चमा सर्वसाधारणको पीसीआर परीक्षण गर्न शुरू गरेको छ।
कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार पहिलो दिन आज अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको नमूना जाँच शुरू गरिएको छ भने अन्य सर्वसाधारणको पनि आजदेखि नै परीक्षण गर्न शुरू गरिने छ। यहाँ गरिएको पहिलो परीक्षणको नतिजा पुनः परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा पठाइने उनले बताए।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राध्यापक डा. हरिशचन्द्र न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको पाँच हजार ५०० मा १० प्रतिशत थप गरी शुल्क लिइनेछ। नमूना परीक्षणका लागि रु ६ हजार ५० लिइने उनले बताए। कलेजले भित्र्याएको पीसीआर उच्चस्तरको हो। ६ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ। कलेजमा पीसीआर परीक्षण गर्नसक्ने आठ जना प्राविधिक रहेका छन्। दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० को स्वाब परीक्षण गर्न सकिनेछ। कलेजले जडान गरेको पीसीआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो।
प्रयोगशाला निर्माणमा रु पाँच करोड ४० लाख खर्च भइसकेको कलेजले जनाएको छ। भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिकाबाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैं शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन्। निजी स्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन्। नारायण अधिकारी/रासस
" /> चितवन। सरकारी प्रयोगशालामा मात्र पीसीआर परीक्षण हुँदै आएकामा आजदेखि निजी खर्चमा जिल्लावासीले कोरोना भाइरस सङ्क्रमणको परीक्षण गर्न पाउने भएका छन्। चितवन मेडिकल कलेजले अनुमति पाएसँगै जिल्लामा निजी खर्चमा सर्वसाधारणको पीसीआर परीक्षण गर्न शुरू गरेको छ।कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार पहिलो दिन आज अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको नमूना जाँच शुरू गरिएको छ भने अन्य सर्वसाधारणको पनि आजदेखि नै परीक्षण गर्न शुरू गरिने छ। यहाँ गरिएको पहिलो परीक्षणको नतिजा पुनः परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा पठाइने उनले बताए।

">