काठमाडौं। कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा एकैदिन दुई जनाको मृत्यु भएको छ। योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।
तनहुँको व्यास नगरपालिका-१ की ५० वर्षीया महिलाको गएराति कास्कीको सेवा अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएको हो। यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ।
तनहुँकी ५० वर्षीया महिला हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर र मुटुको समस्याले कास्की सेवा अस्पतालमा भर्ना भएकी थिइन्। उनको गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। हिजो बिहान लिइएको उनको स्वाबको नजिता गएराति नौ बजे पोजिटिभ आएको थियो।
आज बिहान मृत्यु भएका पुरुषमा पनि कोभिड-१९ संक्रमणका अलवा उच्च रक्तचाप, मधुमेह र मिर्गौला लगायतको समस्या रहेको अस्पतालले जनाएको छ। उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ।
" /> काठमाडौं। कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा एकैदिन दुई जनाको मृत्यु भएको छ। योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।तनहुँको व्यास नगरपालिका-१ की ५० वर्षीया महिलाको गएराति कास्कीको सेवा अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएको हो। यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ।

">