ललितपुर। महालक्ष्मी नगरपालिकाले नजिकै आइरहेको तीजलगायतका पर्वहरूमा चेलीबेटीलाई घरमा निम्ता र सामूहिक खानपिनको कार्यक्रम दुवै नगर्न आह्वान गरेको छ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले एक सूचना जारी गरी नगरवासीलाई उक्त अनुरोध गरेको हो।
नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जारी गरेको सूचनामा यस वर्ष कोरोना जोखिमलाई ध्यानमा राखी यसै महीनामा पर्ने कुशेऔंसी तथा हिन्दू महिला दिदीबहिनीको महान पर्व हरितालिका तीज र ऋषिपञ्चमी पर्वमा चेलीबेटीलाई घरमा निम्ता, सामूहिक खानपिनको कार्यक्रम र नित्यकर्मबाहेक धार्मिक क्षेत्रमा भीडभाड नगरी घरमै बसेर मनाउन अपील गरिएको छ।
यसैगरी ललितपुर महानगरपालिका-२४ ले आ-आफ्नै घरमा बसेर तीज र ऋषिपञ्चमी मनाउन अनुरोध गरेको छ।