काठमाडौं। विराटनगरमा दुई दिनदेखि कोरोना परीक्षणका लागि स्वाब संकलन रोकिएको छ।

स्वाब संकलनमा खटिएका विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीहरू संक्रमणको जोखिमका कारण क्वारेन्टाइनमा बसेकाले स्वाब संकलन कार्य रोकिएको हो। सबै स्वास्थ्यकर्मीको स्वाब परीक्षण भइरहेको र त्यसको रिपोर्ट नआइसकेको हुँदा नमूना संकलन नभएको बताइएको छ।

विराटनगर महानगरपालिकाले दैनिक २०० जनाको हाराहारीमा स्वाब संकलन गरिरहेको थियो। अहिले कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको परीक्षण रोकिएको छ। आज बिहानसम्ममा सबै स्वास्थ्यकर्मीको रिपोर्ट आउने सम्भावना रहेको महानगरका कन्ट्याक्ट ट्रेसिङ सुपरभाइजर हैदर अलीले जानकारी दिए।

स्वास्थ्यकर्मीहरूको रिपोर्ट आएपछि कार्ययोजना बनाएर काम थाल्ने उनले बताए। महानगरपालिकाले स्वाब संकलन गर्न ३२ जना स्वास्थ्यकर्मीहरूलाई खटाएको थियो।

महानगरले थप १५ जना स्वास्थ्यकर्मीहरुलाई ब्याकअपमा राखेको छ।

" /> काठमाडौं। विराटनगरमा दुई दिनदेखि कोरोना परीक्षणका लागि स्वाब संकलन रोकिएको छ।

स्वाब संकलनमा खटिएका विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीहरू संक्रमणको जोखिमका कारण क्वारेन्टाइनमा बसेकाले स्वाब संकलन कार्य रोकिएको हो। सबै स्वास्थ्यकर्मीको स्वाब परीक्षण भइरहेको र त्यसको रिपोर्ट नआइसकेको हुँदा नमूना संकलन नभएको बताइएको छ।

विराटनगर महानगरपालिकाले दैनिक २०० जनाको हाराहारीमा स्वाब संकलन गरिरहेको थियो। अहिले कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको परीक्षण रोकिएको छ। आज बिहानसम्ममा सबै स्वास्थ्यकर्मीको रिपोर्ट आउने सम्भावना रहेको महानगरका कन्ट्याक्ट ट्रेसिङ सुपरभाइजर हैदर अलीले जानकारी दिए।

स्वास्थ्यकर्मीहरूको रिपोर्ट आएपछि कार्ययोजना बनाएर काम थाल्ने उनले बताए। महानगरपालिकाले स्वाब संकलन गर्न ३२ जना स्वास्थ्यकर्मीहरूलाई खटाएको थियो।

महानगरले थप १५ जना स्वास्थ्यकर्मीहरुलाई ब्याकअपमा राखेको छ।

"> विराटनगरमा दुई दिनदेखि स्वाब संकलन बन्द: Dekhapadhi
विराटनगरमा दुई दिनदेखि स्वाब संकलन बन्द
काठमाडौं। विराटनगरमा दुई दिनदेखि कोरोना परीक्षणका लागि स्वाब संकलन रोकिएको छ।

स्वाब संकलनमा खटिएका विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीहरू संक्रमणको जोखिमका कारण क्वारेन्टाइनमा बसेकाले स्वाब संकलन कार्य रोकिएको हो। सबै स्वास्थ्यकर्मीको स्वाब परीक्षण भइरहेको र त्यसको रिपोर्ट नआइसकेको हुँदा नमूना संकलन नभएको बताइएको छ।

विराटनगर महानगरपालिकाले दैनिक २०० जनाको हाराहारीमा स्वाब संकलन गरिरहेको थियो। अहिले कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको परीक्षण रोकिएको छ। आज बिहानसम्ममा सबै स्वास्थ्यकर्मीको रिपोर्ट आउने सम्भावना रहेको महानगरका कन्ट्याक्ट ट्रेसिङ सुपरभाइजर हैदर अलीले जानकारी दिए।

स्वास्थ्यकर्मीहरूको रिपोर्ट आएपछि कार्ययोजना बनाएर काम थाल्ने उनले बताए। महानगरपालिकाले स्वाब संकलन गर्न ३२ जना स्वास्थ्यकर्मीहरूलाई खटाएको थियो।

महानगरले थप १५ जना स्वास्थ्यकर्मीहरुलाई ब्याकअपमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्