थप ५८१ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या २७ हजार नाघ्याे

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ‍‍‍‍‍५८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२० पीसीआर परीक्षणमध्ये सो संख्यामा संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १६० जना डिस्चार्ज भएका छन्।

हालसम्म १७ हजार ४९५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्