काठमाडौं। काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दो छ। दैनिक १०० भन्दा बढीका दरले संक्रमित बढिरहेका छन्।
यस जिल्लामा हालसम्म एक हजार ४३० जना कोरोना संक्रमित छन्। तीमध्ये एक हजार १७ जना सक्रिय संक्रमित छन्। ५४३ जना अस्पतालको आइसोलेसन र ४७४ जना होम आइसोलेसनमा बसेका छन्।
कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ। जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ११ वटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ। सबैभन्दा काठमाडौं महानगरपालिका प्रभावित देखिएको छ।
काठमाडौं महानगरपालिकामा एक हजार ९५ जना कोरोना संक्रमित छन्। त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकामा ४७ जना, कीर्तिपुर नगरपालिकामा २३ जना, गोकर्णेश्वर नगरपालिकामा २५ जना, चन्द्रागिरी नगरपालिकामा ४१ जना कोरोना संक्रमित देखिएका छन्।
काठमाडौं महानगरपालिकामा कोरोना संक्रमण बढ्दो छ। महानगरका विभिन्न वडामा पसल बन्द गरिएको छ भने धेरै ठाउँमा बिहान बेलुका मात्र पसल खोल्न दिइएको छ। काठमाडौंमा मृत्यु भएका ११ जनामध्ये अधिकांश बाहिरबाट आएकाहरू छन्।
त्यस्तै टोखा नगरपालिकामा ५२ जना, तारकेश्वर नगरपालिकामा २९ जना, दक्षिणकाली नगरपालिकामा ६ जना, नागार्जुन नगरपालिकामा १९ जना, बूढानीलकण्ठ नगरपालिकामा ८२ जना र शंखरापुर नगरपालिकामा ११ जना कोरोना संक्रमित रहेको जनस्वास्थ्य कार्यालय काठमाडौंकी कोभिड-१९ फोकल पर्सन पार्वती विष्टले जानकारी दिइन्।
काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिकामा कोरोना संक्रमण बढ्दो छ। महानगरका विभिन्न वडामा पसल बन्द गरिएको छ भने धेरै ठाउँमा बिहान बेलुका मात्र पसल खोल्न दिइएको छ।
मृत्यु भएका ११ जनामध्ये अधिकांश बाहिरबाट आएकाहरू रहेको फोकल पर्सन विष्टले बताईन्। “काठमाडौंमै घर भएकाहरू त धेरै छैनन्। उपचारका लागि बाहिरबाट आएकाहरू बढी छन्।” विष्टले भनिन्।
" /> काठमाडौं। काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दो छ। दैनिक १०० भन्दा बढीका दरले संक्रमित बढिरहेका छन्।यस जिल्लामा हालसम्म एक हजार ४३० जना कोरोना संक्रमित छन्। तीमध्ये एक हजार १७ जना सक्रिय संक्रमित छन्। ५४३ जना अस्पतालको आइसोलेसन र ४७४ जना होम आइसोलेसनमा बसेका छन्।

">