बागमती। मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ भदौसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।
यसअघि २६ साउनदेखि हिजोसम्म निषेधाज्ञा जारी भएको थियो। हेटौँडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना सङ्कट व्थवस्थापन केन्द्रको आज बसेको बैठकले ९ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको बताइएको छ ।
संक्रमण समुदायस्तरमा फैलिन थालेपछि जनताको स्वास्थ्य सुरक्षाका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए। निषेधाज्ञाको समयमा बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म भने पसल खुला रहने छ। रासस
" /> बागमती। मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ भदौसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।यसअघि २६ साउनदेखि हिजोसम्म निषेधाज्ञा जारी भएको थियो। हेटौँडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना सङ्कट व्थवस्थापन केन्द्रको आज बसेको बैठकले ९ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको बताइएको छ ।

">