कैलाली। सुदूरपश्चिममा ‘वल्के’ पर्वको रौनक बढेको छ। साउन सकिने बित्तिकै प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका पहाडी समुदायमा हरेक भाद्र १ गते यो पर्व मनाइन्छ।
सुदूरपश्चिमका तराईका कैलाली, कञ्चनपुर लगायत पहाडी जिल्लामा मौलिक पर्वको रूपमा रहेको वल्के पर्वमा कामका लागि घरदेखि टाढा गएकाहरू समेत फर्कने गर्छन्।
वल्केजस्तै वैशाख लगत्तै भने विभिन्न रोग व्याधी तथा प्रकोपको समय आउने भएकाले मानवीय क्षति हुने चिन्ताले 'विशु' पर्व मनाउने गरिएको संस्कृतिविद् डा. टीएन जोशी बताउँछन्।
वल्केलाई नै लक्षित गरी यहाँ ‘बाँचे भनी वल्के खानु, मरौला भनी विशु खानु’ भन्ने आख्यान चर्चित रहेको उनको भनाइ छ।
पहाडी जिल्लाका गाउँगाउँमा यस पर्वमा पिङसमेत लगाइन्छ। साथै समूहमा देउडा खेलिन्छ।
मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा प्रकोपबाट बाँचिएको खुशीमा सद्भाव बाँड्ने गरिन्छ। मान्यजनलाई पिँडालुका पात, काँक्रा, भाण्टा, मुला र हरियो सागपात उपहार दिने गरिन्छ।
यहाँ हरियो सागपातको कोसेलीलाई नै ‘वल्को’ भन्ने गरिन्छ। धेरै वर्षअघि वर्षायाममा दादुरा, झाडापखाला, हैजा, लुतो, कुष्ठरोग जस्ता रोग लाग्ने भएकाले ती रोगबाट बाँचिएको खुशी साट्न यो पर्व मनाउने गरिएको प्राध्यापक जोशीले बताए।
यो दिन सबै गाउँ नजिकैको चौबाटोमा गई सल्लाको लिङ्गो समेत गाड्ने गर्छन्। आज गाडिएको लिङ्गोलाई भदौ मसान्तमा जलाउने गरिन्छ।
सुदूरपश्चिमेलीहरूको महत्वको चाड भएपनि यो पर्वमा बिदा नदिएकोमा यहाँका सांस्कृतिविद्हरूले प्रदेश सरकारको आलोचना गरेका छन्।
" /> कैलाली। सुदूरपश्चिममा ‘वल्के’ पर्वको रौनक बढेको छ। साउन सकिने बित्तिकै प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका पहाडी समुदायमा हरेक भाद्र १ गते यो पर्व मनाइन्छ।सुदूरपश्चिमका तराईका कैलाली, कञ्चनपुर लगायत पहाडी जिल्लामा मौलिक पर्वको रूपमा रहेको वल्के पर्वमा कामका लागि घरदेखि टाढा गएकाहरू समेत फर्कने गर्छन्।

">