काठमाडौं। अहिले देशभरका क्वारेन्टाइनमा १५ हजार २४३ जना छन्। प्रदेश १ मा २ हजार ५ सय ८७, प्रदेश २ मा १ हजार ६ सय ३१, बागमतीमा १ हजार ७ सय ४० र गण्डकी प्रदेशमा २ हजार ९ सय ९९ जना क्वारेन्टाइनमा बसेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै प्रदेश ५ मा २ हजार ८, कर्णाली प्रदेशमा ७ सय २ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ७६ जना क्वारेन्टाइनमा छन्।
हिजो थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ घण्टामा १२ हजार २ सय ४७ पीसीआर परीक्षण गरिएकोमा २ सय १८ महिला र ४ सय २३ पुरुषमा संक्रमण पाइएको हो।
थपिएकामध्ये काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन्। काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन्।
हिजो १ सय ३४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
" /> काठमाडौं। अहिले देशभरका क्वारेन्टाइनमा १५ हजार २४३ जना छन्। प्रदेश १ मा २ हजार ५ सय ८७, प्रदेश २ मा १ हजार ६ सय ३१, बागमतीमा १ हजार ७ सय ४० र गण्डकी प्रदेशमा २ हजार ९ सय ९९ जना क्वारेन्टाइनमा बसेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यस्तै प्रदेश ५ मा २ हजार ८, कर्णाली प्रदेशमा ७ सय २ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ७६ जना क्वारेन्टाइनमा छन्।

">