काठमाडौं। के तपाईंले भल्व मास्क प्रयोग गरिरहनुभएको छ ? प्रयोग गर्नुहुन्छ भने ध्यान दिनुहोस्। यसले तपाईंलाई पूर्ण सुरक्षा दिँदैन। उसो भए कस्तो मास्क लगाउने त ? भल्व मास्क भन्दा तीन लेयरको कपडाको वा सर्जिकल मास्क नै बढी उपयुक्त हुन्छ।

कोरोना संक्रमित व्यक्तिले भल्व मास्क प्रयोग गर्दा अरू व्यक्तिमा सर्न सक्ने सम्भावना बलियो हुन्छ। त्यसैले चिकित्सकरू यस्तो मास्क प्रयोग नगर्न सुझाउँछन्। भल्व मास्कले पूर्ण रूपमा सुरक्षा नदिने भएकाले नेपाली सेनाले निरूत्साहित गरेको छ। धुलिखेल अस्पतालमा त धेरै अघिदेखि नै भल्व मास्क लगाएर प्रवेश बर्जित गरिएको थियो।

भल्व भएको मास्क नलगाउने समझदारी भएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार भल्व मास्कबाट कोरोना सर्न सक्ने देखिएकाले प्रतिबन्ध भन्दा पनि निरूत्साहित गरिएको हो। “स्वास्थ्यको दृष्टिकोणले भल्व भएको मास्क उपयुक्त देखिएको छैन, त्यसैले यसलाई निरूत्साहित गरिएको हो”, उनले देखापढीसँग भने, “प्रतिबन्ध लगाएका छैनौं, त्यस्तो मास्क नलगाउने समझदारी अपनाएका छौं।”

भल्व मास्कबारे सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, “भल्व मास्क उपयुक्त नहुनुको एउटै कारण छ, संक्रमित व्यक्तिले अरु व्यक्तिलाई सार्नसक्ने।” भल्व मास्कबाट थुकका छिटाहरू बाहिर निस्किरहेका हुन्छन्। कोरोना थुकका छिटाहरूबाटै सर्ने भएकाले भल्व मास्क उपयुक्त नभएको विज्ञहरूको भनाइ छ।

“भल्व मास्क लगाएका संक्रमित व्यक्तिले एक मिटर भन्दा कम दूरीमा बसेर कुराकानी गर्दा संक्रमण फैलिन सक्छ”, डा. पुनले भने, “अरू व्यक्तिको लागि सोच्ने हो भने भल्व मास्क ठीक होइन।” अहिलेसम्म भएको अध्ययन–अनुसन्धान अनुसार कुनै पनि मास्कले सतप्रतिशत परिणाम दिएको छैन। एन–९५, के–९५, सर्जिकल मास्क र कपडाको मास्कले ९५ प्रतिशत मात्र परिणाम दिन सकेको डा. पुन बताउँछन्।

दुई व्यक्तिले कुराकानी गर्दा कोरोनाबाट जोगिन मास्क लगाउनु नै सबैभन्दा उपयुक्त भए पनि मास्कको रोजाईमा भने सचेत हुनुपर्ने उनी बताउँछन्। जनस्वास्थ्य विद् डा. रविन्द्र पाण्डे पनि सरुवा रोग विशेषज्ञ डा. पुनसँग सहमति जनाउँछन्। भन्छन्, “स्वास्थ्यकर्मीलाई कुराकानी गर्न सजिलोका निम्ति भल्व मास्क आएको हो। तर, संक्रमित व्यक्तिबाट सर्न सक्ने भएकाले त्यति राम्रो होइन।”

“अक्सिजन र कार्बनडाइअक्साइडको अवस्था पनि हेर्नुपर्ने हुन्छ। जनस्वास्थ्यको दृष्टिकोणबाट आईसीयू र आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीहरूका लागि मात्र भल्व मास्क (एन ९५, के ९५) उपयुक्त हुन्छ,” उनी थप्छन्, “सर्वसाधारणका लागि सर्जिकल वा तीन लेयरको कपडाको मास्क नै बढी उपयोगी हुन्छ। तर, भल्व मास्क लगाउँदा पनि धेरै असर चाहिँ पर्दैन।”

बजारमा मास्क अभाव हुँदा विकसित देशहरूले तीन लेयरको कपडाको मास्क नै मगाएका थिए। सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार अध्ययन–अनुसन्धानले पनि कपडाको मास्कले बढी सुरक्षा दिने देखाएको छ। कुन मास्क लगाउने/नलगाउनेबारे स्वास्थ्य मन्त्रालयले आधिकारिक रूपमा स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।

विश्व स्वास्थ्य संगठनले स्वासप्रस्वासका रोगी र कोभिड-१९ का बिरामीका लागि कुनै पनि मेडिकल मास्क उपयोगी हुने बताउँदै आएको छ।

" /> काठमाडौं। के तपाईंले भल्व मास्क प्रयोग गरिरहनुभएको छ ? प्रयोग गर्नुहुन्छ भने ध्यान दिनुहोस्। यसले तपाईंलाई पूर्ण सुरक्षा दिँदैन। उसो भए कस्तो मास्क लगाउने त ? भल्व मास्क भन्दा तीन लेयरको कपडाको वा सर्जिकल मास्क नै बढी उपयुक्त हुन्छ।

"> के भल्व मास्कले कोरोना रोक्छ ? (भिडिओसहित): Dekhapadhi
के भल्व मास्कले कोरोना रोक्छ ? (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्