काठमाडौं। छिमेकी देश भारतमा दिनदिनै कोरोना संक्रमणदर बढिरहेको छ। संक्रमणदरको शीर्ष सूचीमा अमेरिका, ब्राजिल र भारत छन्। र, संक्रमणदरको बढ्दो क्रमसँगै भारतले ब्राजिललाई पछ्याइरहेको छ।
दुई हप्ताअघिसम्म ब्राजिल र भारतको संक्रमित संख्यामा निकै अन्तर थियो। तर, अहिले झण्डै सात लाखको मात्र अन्तर छ। हिजो भारतमा ब्राजिलभन्दा डबल संक्रमित थपिएका छन्।
हिजो भारतमा ५८ हजार १०८ संक्रमित थपिँदा ब्राजिलमा २२ हजार ३६५ संक्रमित थपिएका थिए। मृत्युदरमा पनि भारत ब्राजिलभन्दा अघि नै छ। यद्यपी, जम्मा मृतकहरूको संख्या भने ब्राजिलमा नै धेरै छ। भारतमा हिजो ९६१ जनाको मृत्यु भयो भने ब्राजिलमा ५८२ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
भारतमा संक्रमतिको संख्या २६ लाख ४७ हजार ३१६ छ भने ब्राजिलमा ३३ लाख ४० हजार १९७ छ। ब्राजिलमा सक्रिय संक्रमित सात लाख ९९ हजार ८६२ छन् भने भारतमा ६ लाख ७८ हजार १९५ रहेका छन्।
" /> काठमाडौं। छिमेकी देश भारतमा दिनदिनै कोरोना संक्रमणदर बढिरहेको छ। संक्रमणदरको शीर्ष सूचीमा अमेरिका, ब्राजिल र भारत छन्। र, संक्रमणदरको बढ्दो क्रमसँगै भारतले ब्राजिललाई पछ्याइरहेको छ।दुई हप्ताअघिसम्म ब्राजिल र भारतको संक्रमित संख्यामा निकै अन्तर थियो। तर, अहिले झण्डै सात लाखको मात्र अन्तर छ। हिजो भारतमा ब्राजिलभन्दा डबल संक्रमित थपिएका छन्।

">